त्रिपुरासुन्दरी ५ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका नरबहादुर झाँक्री विजयी

जैतुन अनलाइन | 2024-12-02

मंसिर १७,

डाेल्पा : डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं. ५ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका नरबहादुर झाँक्री विजयी हुनुभएको छ। माओवादी केन्द्रका उम्मेदवार झाक्रीले  १६१ मत प्राप्त गर्दै वडाध्यक्षमा निर्वाचित हुनुभएको हाे । उहाँका  प्रतिद्वन्द्वी नेकपा एमालेका नरबहादुर रोकाले ११६ मत प्राप्त गर्दै पराजित हुनुभएको छ।

यस्तै, नेपाली कांग्रेसका राजेन्द्रप्रसाद न्यौपानेले २१ मत प्राप्त गर्नुभएको छ । २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित नन्दलाल रोकाको दमका कारण गत माघमा निधन भएपछि वडा अध्यक्ष पद रिक्त थियो।

त्यतिबेला नेकपा एमालेबाट निर्वाचित भएका रोकाले १ सय ८ मत प्राप्त गरी माओवादी केन्द्रका जंगबहादुर रोकायलाई पराजित गर्नुभएकाेर्नुभएकाे थियाे।