डोल्पाको ल्हाँमा मतगणना सोमबार बिहान ९ जबेपछि हुने

फाईल तस्विर
जैतुन अनलाइन | 2024-12-01

मंसिर १६,

डोल्पा : डोल्पामा भएको वडा अध्यक्ष पदको उपनिर्वाचनको मतगणना सोमबार बिहान हुने भएको छ । त्रिपुरा सुन्दरी नगरपालिका वडा नम्बर ५ ल्हाँमा भएको वडा अध्यक्ष पदको उपनिर्वाचनको मतगणना सोमबार बिहान हुने भएको हो ।  कुल ३ सय ५३  मतदाता मध्य ३ सय ३ जना अर्था ८५ दशमलव ८४ प्रतिशतले मतदान गरेका छन । उपनिर्वाचनमा १ सय ४५ जना पुरुष र १ सय ५८ जना महिलाले मतादन गरेका हुन ।

शान्त धाँदली रहित रुपमा बिहान ९ बजेदेखी मतदान सुरु भएको ल्हाँमा बेलुका ५ बजे सम्म ३ सय ३ जनाले मतदान गरेको मतदान अधिकृत सुमन ढकालले जानकारी दिए । चिसौ मौसमका कारणा ढिलो मतदान भएपनि शान्त र मर्यादित तवरले मतदान भएको ढकालले बताए ।

आईतवार नै मतदान गर्ने निर्वाचनको तयारी रहे पनि बिजुली नभएको कारण मतदान सोमबार बिहान हुने भएको निर्वाचन प्रमुख श्याम कुमार राईले जानकारी दिएको छ । राति चिसो पनि हुने र बिजुली नभएपछि समस्या हुने भन्दै राजनितिक दलको सहमतिमा सोमबार बिहान ९ बजेपछि सर्वदलिए बैठक वसि मतगणना सुरु गरिने मतगणना गरिने राईले बताए ।

स्थानीय तह निर्वाचन २०७९ मा एमालेले जितेको वडा अध्यक्ष पदमा उपनिर्वाचनमा भने नेकपा एमाले, नेपाली काँग्नेस र  नेकपा माओवादी केन्द्रले निर्वाचनमा उम्मेदवारी दिएर चुनावी मैदानमा गएका थिए भने नेकपा एकिकृत समाजवादीले उम्मेदवारी फिर्ता लिएको थियाे । वडा अध्यक्षको पदमा भएको उपनिर्वाचनमा चुनावी मैदानमा उत्रिएका तिनवटै दलले जित आ आफ्नो पक्षमा रहेको दावी गरी रहेका छन । सोमबार बिहान ९ बजेपछि हुने मतगणना सोमबार साँझ सम्म परिणाम आउनेमा निर्वाचन कार्यालय लागी रहेको छ ।