मसिर ०२,
विष्णुप्रसाद देवकोटा-त्रिपुराकोट : डाेल्पा त्रिपुरासुन्दरी-५ ल्हाँकाे वडाअध्यक्ष पदकाे लागि ४ जनाकाे उम्मेदवारी दर्ता भएको छ । स्थानीय तह उप निर्वाचन २०८१ काे मङ्सिर १६ गते हुने निर्वाचनकाे लागि त्रिपुरासुन्दरी नगरपालिका -५ ल्हाँ वडाकाे अध्यक्ष पदकाे लागि ४ वटा दलले वडा अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गरेका हुन । वडा अध्यक्ष पदका लागि नेकपा एमालेकाे तर्फवाट नरबहादुर राेकाया नेपाली कांग्रेसकाे तर्फवाट राजेन्द्रप्रसाद न्याैपानेकाे उम्मेदवारी परेकाे छ । त्यसैगरी नेकपा माओवादीकाे तर्फवाट नरबहादुर झाक्री र एकीकृत समाजवादीकाे तर्फवाट ज्याेति घर्तीकाे गरेर चार जनाकाे उम्मेदवारी परेकाे हाे ।
१ सय ७७ पुरुष र १ सय ७६ महिला गरेर जम्मा ३ सय ५३ मतदाता रहेकाे सहायक निर्वाचन अधिकारी गाेपाल प्रसाद ज्ञावलीले जानकारी दिए । उनका अनुसार उम्मेदवारी दर्ता प्रकृया शान्तिपूर्ण बातावरणमा सम्पन्न भएकाे र निर्वाचन पनि शान्त र साैहार्दपूर्ण हिसावले हुने अपेक्षा राखेको बताए । वडा अध्यक्ष पदमा हुने उप निर्वाचनका लागि ४ वटै दलका केन्द्रीय स्तरका नेता देखी जिल्ला स्तरका सबै नेताहरु निर्वाचन क्षेत्रमै केन्द्रीत भएका छन ।