कार्तिक ११,
डोल्पा : नेपाल तरुण दल डोल्पाले स्थापना दिवस मनाएको छ । नेपाल तरुण दल डोल्पाले ७२ औँ स्थापना दिवसमा वृक्षारोपण गरी मनाएको हो । डोल्पा सदरमुकाम दुनैको पारि पट्टि कारगार नजिकैको हरियाली क्षेत्रमा तरुण दलको टोलीले बिरुवा रोपेर आफ्नो स्थापना दिवस मनाएको नेपाल तरुण दलका केन्द्रीय सदस्य बलराम रोकायाले जानकारी दिए । रोकायाका अनुसार स्थापना दिवसमा भेला भएका युवाहरुको नेतृत्व गरेर वृक्षारोपन गरेर स्थापना दिवस मनाएको बताए ।
नेपाली काँग्रेस निकट भातृसंगठन नेपाल तरुण दलले ७२ औँ स्थापना दिवस देशभर मनाएको छ । डिभिजन बन कार्यालय डोल्पाबाट बिभिन्न जातका बिरुवा लगेर हरियाली क्षेत्रमा नेपाल तरुण दल डोल्पाले वृक्षारोपन गरेको हो । नेपाल तरुण दल नेपाली काँग्रेस पार्टिको सबैभन्दा बलियो भातृ संगठन भएको नेपाल तरुण दल डोल्पाका अध्यक्ष भिम बोहोराले दावी गरे । अध्यक्ष बोहोराले भने जनता र नेपाली काँग्रेसका लागि नेपाल तरुण दल जहिले अग्रपङ्तिमा बसेर काम गर्ने भातृ संगठन रहेको बताए ।