राष्ट्रिय युवा संघ नेपाल डोल्पाको अध्यक्षमा बिशाल रोकाया सर्वसम्त चयन

जैतुन अनलाइन | 2024-10-24
कार्तिक ०८,
डोल्पा : राष्ट्रिय युवा संघ नेपाल डोल्पाको अध्यक्षमा बिशाल रोकाया सर्वसम्त चयन भएका छन ।डोल्पाको सदरमुकाम दुनैमा भएको ७औँ जिल्ला अधिबेशनबाट बिशाल रोकायाको नेतृत्वमा ३३ सदस्यिय जिल्ला कार्य समिति गठन भएको हो । जिल्लाका सबै क्षेत्रबाट प्रतिनिधित्व हुनेगरी राष्ट्रिय युवा संघ नेपाल डोल्पाको ७औँअधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको नेकपा एमाले डोल्पाका संयोजक लंक बहादुर रोकायाले जानकारी दिए ।
राष्ट्रिय युवा संघ नेपाल डोल्पाको ७औँ जिल्ला अधिवेशनबाट बिशाल रोकायाको अध्यक्षतामा ३३ सदस्यीय जिल्ला कमिटी गठन भएको हो । नयाँ कार्यसमितिमा अध्यक्षमा बिशाल रोकाया,उपाध्यक्षमा बिमान रोकाया,सचिवमा नर बहादुर बस्नेत,सह-सचिव भिम बुढा,सह-सचिव दिनेश सिँह र कोषाध्यक्षमा गोकर्ण बुढा सर्वसम्मत चयन भएको राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय उपमहासचिव राजन थापाले जानकारी दिए। थापाका अनुसार राष्ट्रिय युवा संघ नेपाल डोल्पाको  ७ औँ जिल्ला अधिवेशनबाट डोल्पामा ३३  सदस्यिय जिल्ला कमिटी गठन भएको र ५ सदस्यिय पदाधिकारी बाहेक अन्य २८ जना सदस्य रहेको कमिटी बनेको बताए।
बुधबार उद्धघाटन सत्र पछि बन्द सत्रमा अध्यक्ष सहित अन्य पदमा आकाँक्षीहरु धेरै देखिएपछि समय अभाबको कारण बन्द सत्र स्थथगित गरी बिहिबार सबै पदमा सर्वसम्मत गराई राष्ट्रिय युवा संघ नेपाल डोल्पाको ७औँ जिल्ला अधिवेशन सपन्न गरिएको हो । नव निर्वाचित पदाधिकारीहरुलाई राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय उपमहासचिव राजन थापाले पद तथा गोपनियताको सफतग्रहण समेत गराई आधिकारिक्ता प्रदान गरेका छन । आजै पुरानो कार्य समितिले नयाँ कार्यसमितिलाई सम्पुर्ण कागजता सहित बरबुजारथ समेत गरि सकेको छन ।  राष्ट्रिय युवा संघ नेपाल डोल्पाको ७औँ जिल्ला अधिवेश सम्पन्न बनाउन केन्द्र प्रदेश र जिल्लाका सबै नेताहरुको उल्लेख्य सहभागिता रहेको थियो । यहि कार्तिक २५ देखी २७ गते सम्म नेकपा (एमाले) डोल्पाको ७औँ जिल्ला अधिबेशन हुदैछ भने पार्टीका भातृसंगठन र नेताहरु अधिबेशनको तिव्र तयारीमा जुटी रहेको र अझै सशक्त जुटन सबैलाई आग्रह गरेको नेकपा एमाले डोल्पाका संयोजक लंक बहादुर रोकायाले जानकारी दिए ।