कार्तिक ०६,
डोल्पा : अनेरास्ववियु डोल्पाको अध्यक्षमा हिक्मत बुढा चयन भएका छन । मंगलवार डोल्पाको सदरमुकाम दुनैमा भएको छैटौ जिल्ला अधिबेशनबाट हिक्मत बुढाको नेतृत्वमा २१ सदस्यिय जिल्ला कार्य समिति गठन भएको हो । जिल्लाका सबै क्षेत्रबाट प्रतिनिधित्व गरी अनेरास्ववियु डोल्पाको अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको नेकपा एमाले डोल्पाका संयोजक लंक बहादुर रोकायाले जानकारी दिए ।
अनेरास्ववियु डोल्पाको छैटौ जिल्ला अधिवेशनबाट हिक्मत बुढाको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कमिटी गठन भएको छ । नयाँ कार्यसमितिमा अध्यक्ष हिक्मत बुढा,उपाध्यक्ष शुक्रराज बुढा,उपाध्यक्ष नवराज कठायत,उपाध्यक्ष नबिन महतरा,सचिव राजेन्द्र गिरी,सह-सचिव मायादेवी झाक्री,सह-सचिव कर्ण बहादुर बुढा,सह सचिव योगेन्द्र बुढा,कोषाध्यक्ष अभिषेक शाही सर्वसम्मत चयन भएकाछन । त्यसै गरी सदस्यहरुमा बिर बहादुर बिक,संजोक बिक,कैलाश रोकाया,कुमार बिसि,राज बहादुर कार्की,अमृत कठायत,जिवन शाही,सेतिलाल सार्कि,राज कुमार बुढा,सनमन बुढाथोकि र पेमा लामा गरी २१ सदस्यिय जिल्ला कमिटी गठन भएको छ ।
उद्धघाटन सत्र सम्म अध्यक्ष सहित अन्य पदमा आकाँक्षीहरु धेरै देखिए पनि बन्द सत्रमा छलफलबाट सहमति गराई जिल्ला कमिटीको गठन सर्वसम्मत गरिएको थियो । नव निर्वाचित पदाधिकारीहरुलाई अनेरास्ववियु केन्द्रीय उपाध्यक्ष नारायण घर्तिले पद तथा गोपनियताको सफतग्रहण समेत गराई आधिकारिक्ता प्रदान गरिएको छ । आजै पुरानो कार्य समितिले नयाँ कार्यसमितिलाई सम्पुर्ण कागजता सहित बरबुजारथ समेत गरि सकेको छ ।