अनेरास्ववियु डोल्पाको छैटौ जिल्ला अधिवेशनको उद्धघाटन

जैतुन अनलाइन | 2024-10-22

कार्तिक ०६,

डोल्पा : अनेरास्ववियु डोल्पाको छैटौ जिल्ला अधिवेशनको उद्धघाटन भएको छ । नेकपा (एमाले) निकट भातृ संगठन अनेरास्ववियु डोल्पाको छैटौ जिल्ला अधिवेशन मंगलवार डोल्पा सदरमुकाम दुनैमा उद्धघाटन गरिएको हो । अनेरास्ववियु डोल्पाको छैटौ अधिवेशनको उद्धघाट पश्चात मंगलवार नै बन्द सत्र गरि नयाँ नेतृत्वको चयन हुने अनेरास्ववियु डोल्पाका संयोजक शुसिल बोहोराले जानकारी दिए । बोहोराका अनुसार सहमतिय र छलफलबाट नयाँ नेतृत्व चयन हुने र नयाँ नतृत्वले पार्टीको हितमा अहोरात्र लाग्नेमा बिश्वास लिएको बताए ।

अनेरास्ववियु डोल्पाको छैटौ जिल्ला अधिवेशन अनेरास्ववियु केन्द्रिय उपाध्यक्ष नारायण घर्तिले उद्धघान गरेका हुन । अनेरास्ववियुको अधिवेशनमा केन्द्र देखी प्रदेश र जिल्लाका सम्पुर्ण नेताहरुको उपस्थिति रहेको छ । युवा संघ डोल्पाको पनि अधिवेशन बुधवार नै हुने भएपछि युवा संघ र अनेरास्ववियुका केन्द्र स्तरका उच्च पदस्थ नेताहरुको ठुलो संख्यामा उपस्थिति रहेको छ । कार्तिक ७ गते राष्ट्रिय युवा संघ डोल्पाको जिल्ला अधिवेशन पनि हुनेछ भने यहि कार्तिक २५ देखी २७ गते सम्म डोल्पा जिल्लाको ७ औँ जिल्ला अधिवेशन हुने छ ।

देशकै दोस्रो ठुलो पार्टि नेकपा (एमाले) का भातृसंगठनहरु पनि उति नै सक्रिय रहेकोले आगामी दिनमा पनि अझै अहोरात्र पार्टिको हितमा लाग्ने भएकोले नेकपा (एमाले) का कुनैपनि भातृसंगठनमा जोडिन हरेक नागरिकलाई नेताहरुले आग्रह गरेकाछन । नेताहरुले भने नेकपा (एमाले) जनताको पार्टी हो यो पार्टिमा कुनैपनि तहका मन जोडिन खुला गरिएको दावी समेत गरे । नेकपा (एमाले) निकट सबै भातृसंगठनहरु निकै सक्रिय रहेको र आगामी अधिबेशनका लागि सबैले ठुलो भुमिका खेल्नेमा बिश्वस्त रहेको नेकपा (एमाले) डोल्पाका संयोजक लंक बहादुर रोकायाले जानकारी दिए । कार्तिक २५ देखी २७ गते सम्म हुने ७ जिल्ला अधिवेशनमा नेकपा (एमाले) अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख अतिथि बनाउने तयारी पार्टीले गरि रहेको संयोजक रोकायाले बताए ।