शे-फोक्सुण्डो गाउँपालिका सड्क सञ्जालमा जोडियो

जैतुन अनलाइन | 2024-10-17

कार्तिक ०१,

डोल्पा : शे-फोक्सुण्डो गाउँपालिका सड्क सञ्जालसंग जोडिएको छ । शे-फोक्सुण्डो गाउँपालिकाको वडा नं.४ नाम्दोको पहिलो गाउँ रापामा सड्क जोडिएको हो । डोल्पोबुद्ध गाउँपालिकाबाट शे-फोक्सुण्डो गाउँपालिकाको वडा नं.४ नाम्दोको  रापा गाउँमा चारपाङ्ग्रे सवासरी साधन चल्नेगरी सड्क जोडिएको छ । नेपाल सरकार रणनैतिक सडक अन्तरगत डोल्पा जिल्लाको डोल्पो बुद्द गाउॅपालिकाबाट शे-फोक्सुण्डो गाउॅपालिकामा सड्क सञ्जाल जोडिएको हो । पहिलो पटक सड्कमा जोडीएपछि स्थानीयवासीको खुसिको सिमा नै छैन ।

डोल्पा जिल्लाका संघिय सांसद तथा पूर्व शहरी विकास मन्त्री धन बहादुर बुढाको बिशेष पहलमा नेपाल सरकार रणनैतिक सडक अन्तरगत डोल्पा जिल्लाको डोल्पो बुद्द गाउॅपालिकाबाट शे-फोक्सुण्डो गाउॅपालिकाको नाम्दो,साल्दाङ,काराङ हुँदै भिजेरसम्माको सडक खण्डको डोल्पो बुद्दको ताक्शीदेखि शे-फोक्सुण्डो गाउँपालिकाको वडा नं.४ नाम्दोको पहिलो गाउँ रापामा सड्क पुगेको शे-फोक्सुण्डो गाउँपालिकाका उपाध्यक्ष पेमावाङ्छेन गुरुङ्गले जानकारी दिए। उपाध्यक्ष गुरुङ्गका अनुसार शे-फोक्सुण्डो गाउँपालिकामा बाईक सम्म चल्ने ट्रयाक पहिले नै खुलेको भएपनि ट्याक्टर जिप गुडाउन मिल्ने गरी सड्क शे-फोक्सुण्डो गाउँपालिकामा पहिलोपटक पुगेको बताए ।

शे-फोक्सुण्डो गाउँपालिकामा  सडक सञ्जालमा जोडिएसंगै  छिमेकी पालिकासंग समेत सड्क सञ्जालमा जोड्न मद्दत गरेको उपाध्यक्ष गुरुङ्गको दावी छ। गुरुङ्ग भन्छन दुनै लसिक्याप र धो सडक खण्ड जोडियो भने सवारी साधानमा साल्दाङदेखि दुनैसम्मा लगभग ६देखी ८ घण्टामा  पुग्न सकिन्छ अब बाँकी रहेको सड्कपनि छिट्टै निर्माण सम्पन्न हुनेछ।

हाल दुनै लसिक्याप  सडक खण्डमा ठेक्का लागेर निर्माण कार्य भई रहेको छ भने ल्यासीक्याप धो सड्क खण्डमा नेपाली सेनालाई जिम्मा दिने प्रकृया अन्तिम चरणमा रहेको पूर्व शहरी विकास मन्त्री धन बहादुर बुढाले जानकारी दिए । पूर्व मन्त्री बुढाले भनेका छन ३ बर्ष भित्र डोल्पा जिल्लाका सबै वस्ति र वडामा सड्क पुग्नेछन र अहिले सड्क पुगेका ठाँउमा स्तरउन्नती गराइने छ ।

माथिल्लो डोल्पाका धेरै ठाउँहरु कडा चट्टान नभएकाले कामलाई निरन्तर अगाडि गति लिएमा १ बर्षामै भिजेर, निजाल र कु गाउँ जोड्न सकिने माथिल्लो डोल्पाका स्थानियहरुको बुझाई छ। नेपाल सरकारको रणनैतिक सडक निर्माणको बजेटलाई माननिय धन बहादुर बुढाले साना टुक्रा योजना नबनाई शतप्रतिशत यहि सडक निर्माणमा बिनियोजित गरेर सड्क निर्माणमा ठुलो योगदान गरेको भन्दै शे-फोक्सुण्डोका जनताले धन्यबाद समेत दिएका छन । माथिल्लो डोल्पामा चिनको तिव्बत मरिम्लाबाट सड्क सञ्जालमा जोडीएको छ भने तल्लो डोल्पाबाट जोडिन बाँकी रहेको छ ।