असोज ७,
सुर्खेत : कर्णाली प्रदेश सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ । बाढीपहिरोबाट प्रभावितहरूको राहतका लागि कर्णाली प्रदेश सरकारले कोषमा सहयोग रकम दिने निर्णय गरेको हो। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गर्दै सहयोग रकम उपलब्ध गराउने निर्णय भएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव सूर्यमणि गौतमले बताए।
असोज ११ र १२ गतेको भारी वर्षासँगै आएको बाढी र पहिरोबाट १७ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको सरकारको प्रारम्भिक अनुमान छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (मंगलबार) आयोजना गरेको पत्रकार सम्मेलनमा सरकारका मुख्यसचिव एकनारायण अर्यालले प्रारम्भिक क्षतिबारे जानकारी दिएका हुन् । अर्यालका अनुसार बाढीपहिरो र डुवानबाट खानेपानीको संरचनामा ३ खर्ब ५५ करोड र सडक पूर्वाधारतर्फ २ अर्ब ५२ करोड क्षति भएको प्रारम्भिक अनुमान छ । त्यस्तै ऊर्जातर्फ ४ अर्ब, सिँचाइतर्फ २ अर्ब र कृषि तथा पशुपक्षीतर्फ ६ अर्बको क्षति भएको छ ।