असोज १०,
डोल्पा : राष्ट्रीय युवा संघ नेपाल,डोल्पा को ७ औं जिल्ला अधिवेशन कार्तिक ७ गते हुने भएको छ । नेकपा (एमाले) निकट भातृसंगठन राष्ट्रीय युवा संघ नेपाल,डोल्पा को ७ औं जिल्ला अधिवेशन कार्तिक ७ गते गर्ने निर्णय बुधबार सार्वजानिक गरिएको हो । बुधबार राष्ट्रीय युवा संघ नेपाल,डोल्पा जिल्ला संयोजक विसाल रोकायको अध्यक्षतामा बसेको बैठकले कार्तिक ७ गते ७ औँ जिल्ला अधिबेशन गर्ने निर्णाय गरेको हो ।
नेकपा (एमाले) जिल्लाको पार्टी कार्यालयमा बसेको पूर्ण बैठकले राष्ट्रीय युवा संघ नेपाल,डोल्पा को ७ औं जिल्ला अधिवेशन यही कार्तिक ७ गते बुधवारका दिन डोल्पा सदरमुकाम दुनैमा भव्य रूपमा सफल पार्ने गरी मिति तय भएको राष्ट्रीय युवा संघ नेपाल,डोल्पा जिल्ला संयोजक विसाल रोकायले जानकारी दिए ।
त्यसैगरी अनेरास्वीयु डोल्पा जिल्लाको पनि जिल्ला अधिबेशन कार्तिक मै हुने भएको छ । अनेरास्वीयु डोल्पाको ५औँ जिल्ला अधिबेशन कार्तिक ६ गते हुने भएको अनेरास्वीयु केन्द्रिय सदस्य जनकराज कार्कीले जानकारि दिए । कार्किका अनुसार अनेरास्वीयु डोल्पाको जिल्ला अधिबेशन पनि कार्तिक ६ गते डोल्पा सदरमुकाम दुनैमा सम्पन्न हुनेगरी निर्णय भएको बताए । नेकपा (एमाले) डोल्पाको जिल्ला अधिबेशन पहिले नै नेकपा (एमाले) निकट भातृसंगठन राष्ट्रीय युवा संघ नेपाल र अनेरास्वीयुको जिल्ला अधिबेशन हुने भएका छन ।
नेकपा (एमाले) डोल्पाको जिल्ला अधिबेशन भने यहि असोज १५ गते बस्ने जिल्ला कमिटीको बैठकले मिति तय गर्ने र कार्तिक मसान्त भित्र जिल्ला अधिबेशन सम्पन्न हुनेगरी मिति तय हुने नेकपा (एमाले) डोल्पाका संयोजक लंक बहादुर रोकायाले जानकारी दिए ।