असोज १,
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश संरचना हटाउन नसकिने बताएका छन् ।कांग्रेसको कानुन विभागले मंगलबार पार्टी कार्यालय, सानेपामा आयोजना गरेकव कार्यक्रममा देउवाले प्रदेशलाई अझ प्रभावकारी बनाउनु पर्ने बताए । ‘प्रदेश संरचना बनिसकेको छ । प्रदेश संरचना हटाउन सक्ने स्थिति छैन’, उनले भने, कसरी अझ प्रभाकारी बनाउने सोच्ने विचार गर्ने हुनसक्छ ।’
उनले समानुपातिक प्रणालीमा प्रश्न उठेपनि समावेशीबारे कसैले प्रश्न नउठाएको बताए । कतिपय समुदायले अहिले पनि चुनाव जित्न नसक्ने भन्दै उनले भने, ‘त्यसैले समावेशी राजनीति चाहिन्छ । यसविरुद्ध जनमत छैन ।’