लेख बुढा, असोज ०१
डोल्पा : डोल्पामा दुई वटा नगरपालिका र ४ वटा गाउँपालिका गरि जम्मा आठ वटा स्थानीय तह रहेका छन । नेपालको संविधान २०७२ जारि भए संगै डोल्पामा साबिको २३ गाबिस लाई मर्च गरि संघीय संरचना अनुसार आठ वटा स्थानीय बाइयो ।
संघीयता लागु भएसंगै स्थानीय तहमा बि.सं. २०७४ र २०७९ गरि दुई कार्यकालको लागि वडा सदस्य देखि पालिका प्रमुख सम्मको लागि निर्वाच भैसकेको छ । संघीयताको अधिकारको नाममा स्थानीय तहहरुले मनपरि खर्च गर्दा डोल्पा जिल्लाका आठ वटा स्थानीय तहमा मात्र एक अर्ब भन्दा बढी रकम बेरुजु देखिएको छ ।
महालेखा परिक्षणको हाल सम्मको प्रतिवेदन अनुसार डोल्पाको ठुलीभेरी नगरपालिकामा रु ४३ करोड ३७ लाख ३७ हजार रुपैयाँ बेरुजु रहेको छ । त्रिपुरासुन्दरी नगरपालिकामा रु २६ करोड १० लाख ४० हजार रुपैयाँ बेरुजु रहेका छ । मुड्केचुला गाउँपालिकामा रु २१ करोड ५२ लाख ९५ हजार बेरुजु रहेको छ । डोल्पोबुद्ध गाउँपालिकामा रु ११ करोड ६२ लाख ९१ हजार बेरुजु रहेको छ । काईके गाउँपालिकामा रु ७ करोड ८३ लाख १५ हजार रुपैयाँ बेरुजु रहेको छ । छार्काताङसोङ गाउँपालिकामा रु ६ करोड ५३ लाख रुपैया बेरुजु रहेको छ । शे फोक्सुण्डो गाउँपालिकामा रु १ करोड ४५ लाख ८ हजार रुपैयाँ बेरुजु रहेको छ । भने जगदुल्ला गाउँपालिकामा रु १ करोड ३० लाख रुपैयाँ बेरुजु रहेको छ ।
मलेप को प्रतिवेदन अनुसार हाल सम्म डोल्पामा सबै भन्दा बढि ठुलीभेरी नगरपालिका र सबैभन्दा कम जगदुल्ला गाउँपालिकामा बेरुजु देखिएको छ । कुनै पनि व्यक्ती वा संस्थाबाट रकम असुलउपर र कागजात अपुग भएकाहरुबाट मिलाएर बेरुजु फछ्र्यौट गर्नुपर्ने हुन्छ तर डोल्पामा भने प्रत्यक बर्ष बेरुजु बढ्दै गएको देखिन्छ ।
डोल्पाका आठ वटा स्थानीय तह मध्य सबैभन्दा कम बेरुजु देखिएको जगदुल्ला गाउँपालिका डोल्पाका निमित्त प्रमुख प्रशासकीय अधिकृत केशवराज जैसीले फोक्सुण्डो खबर डटकम संग कुरा गर्दै आगामी एक बर्ष भित्र जगदुल्ला गाउँपालिकाले बेरुजु सुन्य बनाउने गरि कामकाज गरिरहेको दाबी गरेका छन । नितिनियम सिस्टम अनुसार काम गरे सजिलै संग बेरुजु सुन्य बनाउन सकिने अधिकृत जैसीले बताए ।