काठमाडौं : मीनबहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’ले आगामी अस्कर अवार्डमा नेपालको प्रतिनिधित्व गर्ने भएको छ । आवेदन दिने अन्तिम मिति विहिबारसम्म यो फिल्मले मात्र आवेदन दिएको अस्करको नेपाल छनोट समितिले जनाएको छ ।
अब सिफारिस प्रक्रियाले औपचारिकता पाउन मात्र बाँकी छ । समितिका अध्यक्ष तथा चलचित्र विकास बोर्डका सदस्य राजु केसीले एक मात्र आवेदन परेकाले ‘शाम्बाला’ निर्विरोध सिफारिस हुने बताए । यसको औपचारिक घोषणा शुक्रबार गर्ने तयारी छ । अब ‘शाम्बाला’ले अस्करको अन्तर्राष्ट्रिय फिचर विधामा भाग लिनेछ ।
नेपालको छनोट समितिले फिल्मलाई नोेभम्बरसम्म अमेरिका पठाइसक्नुपर्नेछ । ९७ औं अस्कर अवार्ड ३ मार्च, २०२५ मा अमेरिकाको लस-एन्जलसमा आयोजना हुँदैछ । ‘शाम्बाला’ शुक्रबारदेखि नेपाली हलमा प्रदर्शनमा आउदैछ । डोल्पामा छाँयाङ्कन भएको ‘शाम्बाला’ पछिल्लो समय नेपालमा निकै चर्चा पाएको चलचित्र हो ।
https://youtu.be/7mz5WLB5l_A