भुकम्पमा क्षति भएका घर पुनर्निर्माण गर्न ५ सय जनालाई दक्ष तालिम

जैतुन अनलाइन | 2024-09-11

भाद्र २६,

सुर्खेत : गएको कार्तिकमा जाजरकोटको रामिडाँडामा केन्द्र बिन्दु भएर गएको भुकम्पले जाजरकोट र रुकुममा ठुलो क्षेति बनाएको छ । उक्त भुकम्मपको बेलामा क्षेति भएका घरहरु हाल सरकारले पुनर्निर्माणको काम थालनी गरि रहेको छ । हेल्बटास नेपाल र भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय कर्णाली प्रदेश विच दुई बर्षे सम्नवयात्मक हस्ताक्षर भए अनुसार हाल जाजरकोट रुकुममा पुनर्निर्माणका काम भई रहेका छन ।

बुधबार भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयमा निर्देशक समितिको बैठकमा हाल सम्म हेल्बटास नेपालले जाजरकोट र रुकुम पश्चिमका केहि स्थानीय तहमा भुकम्पले क्षति पुर्याएका घरहरुको पुनर्निर्माण कामहरु बारे निर्देशक समितिलाई अवसर र चुनौति बारे जानकारी गराएको थियो ।

हाल सम्म जाजरकोटका भेरी र नलगाड नगरपालिका र रुकुम पश्चिममाका सानीभेरी र आठविसकोट नगरपालिकामा  ८ पटकमा कुल १ सय ६० जना पुनर्निर्माणका लागि तालिम दिइएको छ । तालिम पाएका दक्ष तालिमकर्ताले १६ वटा घरहरु निर्माण गरि लाभग्राहिलाई हस्तान्त्रण गरिसकेको हेल्बटास नेपालले जानकारी दिएको छ । हाल सम्मको तालिममा २२ जना महिला,१३८ जना पुरुष गरि १६० जनाले तालिम पाएका छन भने जनजाति ६०,दलित ५२ र अन्य १३३ ले दक्ष सिप तालिम पाएका हुन ।

दुई बर्षमा ५ सय जनालाई यो पुनर्निर्माण दक्ष सिप विकासको तालिम प्रदान गरिने छ भने उक्त समयमा ५० घर निर्माण हुनेछन । एक समुहमा १० जनालाई ५० दिनको दक्ष सिप तालिम प्रदान गरिने छ भने उनिहरुले ५० दिनमा दुई कोटे भुकम्प प्रतिरोधात्मक घर निर्माण गर्नेछन । शहरी विकास तथा भवन डिभिजनले तयार पारेको बिभिन्न खाले भवनका मापदण्डमा निर्माण हुने गरको लागत करिव १० लाख बराबरको खर्च लाग्ने हेल्बटास नेपालले जनाएको छ । अब यो बर्ष ५ वटा स्वास्थ्य चौकि र ४ वटा बिद्यालयका भवन पनि निर्माण गरिने लक्ष्य राखेको हेल्बटासले जनाएको छ ।

प्राबिधिक र आर्थिक सहयोग हेल्बटास नेपालको रहने र समन्वयात्मक तथा अनुगमनको अधिकार भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालले गर्ने गर्दछ । बुधबार बसेको निर्देशक समितिको बैठकमा स्थानीय सरकारसँग समन्वय हुनुपर्ने र भुकम्पबाट प्रभावित नागरिकले दुख नपाउने गरी काम गर्न निर्देशक समितिका अध्यक्ष भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री शेर बहादुर बुढाले हेल्बटास नेपाललाई सुझाब दिए । भुकम्प पछि भएको क्षेतिको एकिन विवरण नआउदा सरकारलाई पुनर्निर्माणमा समस्या भएको भन्दै यस्मा स्थानीय सरकारले महत्वपूर्ण भुमिका खेल्नेमा बिश्वास राखेको मन्त्री बुढाले बताए ।

पुनर्निर्माणमा भएको काम निकै प्रभाबकारी हुने र अब थप ब्यवस्थापन गरि पुनर्निर्माणमा लाग्ने भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका सचिव बिष्णु भण्डारीले बताए । भण्डारीका अनुसार अब ततत्काल स्थानीय सकारसंग समन्वय गरेर अनुगमन समेत गरिने बताए ।