नेपाल खेलकूद महासंघ डोल्पा (नेकोस)को प्रथम जिल्ला अधिवेशन सम्पन्न

जैतुन अनलाइन | 2024-09-09
भाद्र २४,
डोल्पा :  नेपाल खेलकूद महासंघ डोल्पा (नेकोस)को प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ ।  नेकपा एमालेको जनवर्गीय संघठन नेपाल खेलकूद महासंघको सोमबार डोल्पाको दुनैमा प्रथम जिल्ला अधिबेशन सम्पन्न भएको हो ।

नेकपा एमाले को जनवर्गीय संघटन नेपाल खेलकुद महासंघ(नेकोस) डोल्पाको प्रथम जिल्ला अधिवेशन नेपाल खेलकुद महासंघ केन्द्रीय स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश ईन्चार्ज पंख बहादुर मल्ल को प्रमुख आथित्यमा भव्य रूपले सम्पन्न भएको छ ।
नेपाल खेलकुद महासंघ डोल्पा जिल्लाको प्रथम अधिवेशनबाट सागर बुढा मगरको अध्यक्षतामा २१ सदस्य कमिटी गठन भएको छ ! नवनिर्वाचित हुनेहरूमा सागर बुढा मगर अध्यक्ष  उपाध्यक्ष – गोकर्ण शाही सचिव- कृष्ण रोकाय सह-सचिव- मेलिना पुन सह-सचिव- नवीन बुढा कोषाध्यक्ष – राज कुमार बुढा सहित अन्य सदस्यहरु गरि २१ सदस्यीय जिल्ला कमिटी गठन भएको नेपाल खेलकूद महासंघ केन्द्रीय सदस्य तथा डोल्पा जिल्ला ईन्चार्ज  प्रताप कार्कीले जानकारी दिए ।

अध्यक्षतामा बसेको बैठकले ११ सदस्यको अधिबेशन कमिटी गठन गरेको छ । नेकपा एमाले केन्द्रीय सदस्य तथा डोल्पा जिल्ला ईन्चार्ज बदमी क्वारा बोहराको प्रमुख आतिथ्यमा प्रताप कार्कि संयोजक,राम प्रसाद रोकाया सहसंयोजक,सागर बुढा मगर सदस्य सचिव सहितको ११ सदस्यको अधिबेशन कमिटी गटन गरेको संयोजक प्रताप कार्किले जानकारी दिए ।

कार्किले भने नेकपा (एमाले) डोल्पा जिल्लाको अधिबेशन हुनु पूर्व नै खेलकुद महासंघको पहिलो अधिबेशन सम्पन्न भएको र अब आउने कमिटिले जिल्लामा क्रियाशिल भएर काम गर्ने दावी गरे ।