भाद्र २१,
सुर्खेत : नेकपा (एमाले) डोल्पाका पार्टी अध्यक्ष शेर बहादुर बुढा नेकपा (एमाले) कर्णाली प्रदेश कमिटी सदस्यमा मनोनित भएका छन । नेकपा (एमाले) कर्णाली प्रदेश सचिवालयको बैठकले शुक्रबार अध्यक्ष बुढालाई प्रदेश कमिटी सदस्यमा मनोनित गरेको हो । लामो समय देखी नेकपा (एमाले) मा शक्रिय बुढालाई कर्णाली प्रदेश सचिवालयले प्रदेश कमिटी सदस्यमा मनोनित गरे छ ।
२०७४ सालको निर्वाचनमा वडा सदस्यमा निर्विरोध निर्वाचित भई ५ बर्ष जिल्ला समन्वय समितिको प्रमुखमा कुशल नेतृत्वको भुमिका निभाएका बुढा २०७८ साल पौष २३ गते नेकपा (एमाले) डोल्पा जिल्लाको निर्विरोध पार्टि अध्यक्षमा चयन भए । बुढा नेकपा (एमाले)का तर्फबाट जिल्ला समन्वय समितिको प्रमुख रहेकै बेलामा जिल्लामा सबैभन्दा बलियो रहेको नेकपा फुटेर नेकपा (एमाले)का शिर्ष नेताहरु नेकपा एसमा जादा समेत पार्टीलाई सम्हाली रहे । २०७४ को निर्वाचनमा नेकपा (एमाले) बाटै निर्वाचित संघिय सांसद,केन्द्रिय सदयस्य,नगरपालिकाका प्रमुख,वडा अध्यक्ष र अन्य कार्यकर्ता गरि ४३ जनाले नेकपा (एमाले) त्यागेर नेकपा एस जादा समेत पार्टिमा अडिग रहेका बुढा २०७८ पौस २३ गते नेकपा (एमाले) डोल्पा जिल्ला पार्टि अध्यक्ष बने ।
नेकपा बनेर देशकै ठुलो पार्टि बनेको नेकपा फुटेर छिन्नभिन्न भएको बेलामा नेकपा (एमाले) डोल्पामा कम्जोर रहेको भन्ने भ्रमलाइ २०७९ मा स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) अब्बल रहेको प्रमाणित बुढाले गराए । स्थानीय तहको निर्वाचनमा एक नगरपालिकामा नगरप्रमुख र उपप्रमुख गाउँपालिका अध्यक्ष र उपाध्यक्ष गरि ५ जना र ६५ वटा वडा मध्य २५ वडा सहित बहुमत जनप्रतिनिधि निर्वाचित गराई सबैभन्दा धेरै जनमत नेकपा (एमाले)मा रहेको भन्ने पुष्टि भयो ।
नेकपा (एमाले) बाहेक अन्य कुनै पार्टिमा नडगमगाएका बुढाले पार्टी अध्यक्षमा रहदै २०७९ को निर्वाचनमा डोल्पा जिल्ला प्रदेश निर्वाचन क्षेत्र “क” बाट बहुमत मत ल्याएर कर्णाली प्रदेश सभाको सांसद समेत बनेका हुन । कर्णाली प्रदेश सभाको सदस्य समेत बनेका बुढा हाल कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रीमा बहाल रहेका छन ।