नेपाल खेलकूद महासंघ डोल्पा (नेकोस)को प्रथम जिल्ला अधिवेशन भाद्र २४ गते हुने ।

जैतुन अनलाइन | 2024-09-04
भाद्र १९,
डोल्पा :  नेपाल खेलकूद महासंघ डोल्पा (नेकोस)को प्रथम जिल्ला अधिवेशन भाद्र २४ गते हुने भएको छ ।  नेकपा एमालेको जनवर्गीय संघठन नेपाल खेलकूद महासंघको बुधबार डोल्पाको दुनैमा बसेको बैठकले यहि भाद्र २४ गते प्रथम जिल्ला अधिबेशन गर्ने निर्णय गरेको हो ।नेपाल खेलकूद महासंघ केन्द्रीय सदस्य तथा डोल्पा जिल्ला ईन्चार्ज  प्रताप कार्कीको अध्यक्षतामा बसेको बैठकले ११ सदस्यको अधिबेशन कमिटी गठन गरेको छ । नेकपा एमाले केन्द्रीय सदस्य तथा डोल्पा जिल्ला ईन्चार्ज बदमी क्वारा बोहराको प्रमुख आतिथ्यमा प्रताप कार्कि संयोजक,राम प्रसाद रोकाया सहसंयोजक,सागर बुढा मगर सदस्य सचिव सहितको ११ सदस्यको अधिबेशन कमिटी गटन गरेको संयोजक प्रताप कार्किले जानकारी दिए ।
नेपाल खेलकूद महासंघ डोल्पा जिल्लाको प्रथम अधिवेशन तयारी एवं आयोजक कमीटी गठन पछि डोल्पा जिल्लाको सबै क्षेत्र भुगोल समेटिनेगरी पहिलो  अधिवेशन यही भाद्र २४ गते हुने निर्याण नेपाल खेलकूद महासंघ केन्द्रीय सदस्य/ डोल्पा जिल्ला ईन्चार्ज तथा अधिवेशन आयोजक कमिटी संयोजक प्रताप कार्कीले बताए । कार्किले भने नेकपा (एमाले) डोल्पा जिल्लाको अधिबेशन हुनु पूर्व नै खेलकुद महासंघको पहिलो अधिबेशन सम्पन्न हुने र अब आउने कमिटिले जिल्लामा क्रियाशिल भएर काम गर्ने दावी गरे ।