सरकार र निर्माण व्यावसायी संगै दौडीए विकास सहजै हुन्छ भौतिक मन्त्री बुढा

जैतुन अनलाइन | 2024-09-03

भाद्र १८,

डोल्पा : भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री शेर बहादुर बुढाले सरकार र निर्माण व्यावसायी संगै दौडिनुपर्ने बताए । मंगलबार डोल्पा जिल्लाका निर्माण व्यावसायीहरुसंगको छलफलमा मन्त्री बुढाले यस्तो बताएका हुन । कर्णालीमा विकास गर्न निर्माण व्यावसायी र सरकार एकै साथ दौडिएपछि कहि कतै समस्या नहुने मन्त्री बुढाले दावी गरे । सरकारले विकास निर्माणको लागि कामको जिम्मा निर्माण व्यावसायीलाई दिने तर निर्माण व्यावयायीले कहिले समयमा काम सम्पन्न नगरिदिने प्रबित्तिले विकासमा बाधा आएको मन्त्री बुढाको बुझाई छ ।

आयोजना निर्माणको स्थलगत अध्ययन नगरि कामको जिम्मेवारी लिने र पेश्कि लगिसकेपछि कामै नगरी अनेक बहानामा आयोजना निर्माण नगर्ने रोग नै रहेको छ । निर्माण ब्यावसायीले समयमै काम सम्पन्न गरे सरकारले भुक्तानीका लागि कुनै कसुर बाँकी नराख्ने तर निर्माण व्यावसायिले काम नगर्ने दोष सरकारले ब्यहोर्ने अब हुन नसक्ने भन्दै मन्त्री बुढाले अब कर्णाली सरकारले विकास निर्माणका आयोजनामा कडाई गर्ने बताए । कर्णालीका ठुला बहुबर्षिय आयोजनाहरु कर्णालि प्रदेश बाहिरका निर्माण व्यासायीहरुले जिम्मा लिने गरेका छन । कर्णालीलाई भौगोलिक बिकटता देखाएर निर्माण अलपत्र पार्न जनतालाई दुख दिनु हो यस्ता कार्य अब गर्न नहुने तर सरकारको तर्फबाट भएका सबै अफ्ठ्याराहरु फुकाउन सकिने मन्त्री बुढाले बिश्वास निर्माण व्यावसायीलाई दिए ।

निर्माण व्यावसायी संघ डोल्पाको सुझाव तथा ध्यानकर्षण पत्र बुझदै भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री शेर बहादुर बुढाले भने वातावरणिय प्रभाब मुल्याङ्कन नगरि अब ठेक्का लाग्दैनन र बहुबर्षे तथा क्रमागत योजनाहरु छिटो निर्माण गर्नुपर्छ । यो आर्थिक बर्षमा ठेक्का मार्फत हुने सबै योजनाहरु असोजको दोस्रो साता भित्र हुने भएकोले काम समयमै हुनेमा बिश्वस्त रहेको पूर्वाधार विकास कार्यालय डोल्पाका प्रमुख टेक बहादुर हितानले बताए । सबै क्षमताका निर्माण व्यावसायीले ठेक्का लिन पाउने गरी ठेक्का खोलीनुपर्ने निर्माण ब्यावसायीको माग रहेको छ । भौतिक पूर्वाधार तथा शहरि विकास मन्त्रीले मंगलबार नै डोल्पा सदरमुकाम दुनैको तिप्लापानीमा बाढले पुर्याएको क्षेतिको पनि स्थलगत अनुगमन गरी आफुले सकेके सबै खाले पहल गर्ने र पिडितलाई सुरक्षित बनाउने प्रतिबद्धता समेत गरेकाछन ।