भाद्र १८,
डोल्पा : सरकारले विकासका लागि पठाएको बजेट बारे सबै जनताले जान्न पाउनुपर्छ । मंगलवार जिल्लाका कार्यालय प्रमुखहरुसंगको छलफलमा कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री शेर बहादुर बुढाले जिल्लाका सबै कार्यालयमा आएको योजनाको बारे जनताले जान्न पाउनुपर्ने बताएका हुन । संघिय सरकारबाट होस या प्रदेश सरकारबाट आएको होस जिल्लाका सरकारी कार्यालय र स्थानीय तहमा विकास लागी आएको योजनाबारे हरेक नागरिकले जान्न पाउनुपर्ने र त्यो उनिहरुको अधिकार पनि भएकोले जनतालाइ योजनाबारे जानकारी सबै निकायले गराउनुपर्ने मन्त्री बुढाले बताए ।
जिल्ला प्रशासन कार्यालय डोल्पामा डोल्पा जिल्लाका सबै स्थानीय तह र सरकारी कार्यालयले गत आर्थिक बर्षको प्रगति तथा आगामी बर्षको कार्यक्रमबारे जानकारी गराएका थिए । तुलनात्मक रुपमा स्थानीय तहमा व्यरुजु धेरै रहेको पाईन्छ । संघियतामा धेरै विकासका योजनाहरु स्थानीय तहले नै कार्यान्वयन गर्ने भएको हुदा व्यरुजुको मात्रामा धेरै देखिएको स्थानीय तहको तर्क छ । कर्णाली प्रदेशमै व्यरुजु एक अर्व भन्दा धेरै रहेकोले डोल्पा जिल्लाले अब व्यरुजुको प्रतिशत घटाउदै लानुपर्ने मन्त्री बुढाले सबै निकायलाई सुझाब दिए । मन्त्री बुढाले भने कार्यालयको व्यरुजु घटाउन समयमै कार्यालय लागि परे शुन्यतामा झार्न कुनै कठिन छैन यो आर्थिक बर्षमा समयमै व्यरुजु नआउने गरि काममा लाग्नुस ।
पहिलेका बर्ष जसरी यो बर्ष काम विकास निर्माणका काम अलमलमा नरहने र ३० लाख भन्दा माथिका सबै योजनाहरु ठेक्का मार्फत गरिने भएको हुदा भदौको अन्तिम र केहि बाँकी रहेका योजनाहरु असोज दोस्रो साता सम्म ठेक्का प्रकृयामा लगेर विकास निर्माणका काम तिव्र रुपमा गर्ने लक्ष्य रहेको हुदा सोहि अनुसार सबै निकाय लागी हाल्न मन्त्री बुढाले निर्देशन दिए । कसैको भनसुनमा हैन कि निति नियम अनुसार काम गर्नुस जनताले अनुभुति गर्नेगरी काम हुनुपर्छ केहि बाधा आए प्रदेश सरकारले सहज गराउने तर केहि निहित स्वार्थमा काम छुट नरहेको मन्त्री बुढाले बताए।
जिल्लाको विकासका लागि कार्यालय प्रमुखले कुनैपनि बेला सझाब सल्लाह दिन बाधा अर्चन नभएकोले सरकार र सरकारी निकाय नंङ्ग र मासुको समबन्धबाट अगि बढे जनताले अनुभुति हुनेगरी विकास हुने हुदा सबैले सोच्ने बेला आएको मन्त्री बुढाले बताए । जिल्लाको विकास र भएका चुनौति बारे प्रमुख जिल्ला अधिकारी तुलसी प्रसाद दाहालले भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री शेर बहादुर बुढालाई जानकारी गराएका थिए भने कार्यालय प्रमुख तथा स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृतहरुलाई सुझाब दिनुका साथै आफ्नो जिम्मेवारीमा कट्टिवद्ध हुन निर्देशन समेत दिएका थिए ।
कर्णाली प्रदेश सरकार फरक र जनताले अनुभुति गर्ने गरी काम गर्ने नितिका साथ अघि बढेकोले सोहि अनुसार सरकारी कार्यालयले स्थानीय सरकार र स्थानीय सरकारले प्रदेश सरकारसंग सहकार्य समन्वय गरेर जान समेत मन्त्री बुढाले निर्देशन दिएका छन । एक्लैले केहि गर्न नसकिने भन्दै सबै संगै हिडौ विकास हुने छ र जनताले सरकार भएको अनुभुति गर्ने मन्त्री बुढाको दावी छ । मन्त्री बुढा आईतवार माथिल्लो डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका ३ को शे गुम्बामा हुने ६७ औं १२ वर्षे शेल रिवो डुग्ड्रा (शे) मेलाको उद्ध्घाटन समारोहमा सहभागि हुन डोल्पा पुगेका हुन । मौसम खराविको कारण मेलामा सहभागि हुन नपाएपछि जिल्लाको समसामयिक विषयमा छलफल र भेटघाट गरि रहेकाछन ।