भाद्र १६,
डोल्पा : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले विना विभेद र पारदर्शी रुपमा काम गर्न कार्यालय प्रमुखहरुलाई निर्देशन दिएका छन । आईतवार माथिल्लो डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका ३ को शे गुम्बामा हुने ६७ औं १२ वर्षे शेल रिवो डुग्ड्रा (शे) मेलाको उद्ध्घाटन समारोहमा सहभागि हुन डोल्पा पुगेका मुख्यमन्त्री कडेलले जिल्लाका कार्यालय प्रमखुहरुलाई निर्भिक भएर काम गर्न निर्देशन दिएका हुन ।
प्रमुख जिल्ला अधिकारी तुलसिप्रसाद दाहाल सहितकाे जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरुकाे जिल्ला समन्वय समितिकाे सभाहलमा भएकाे भेटघाट कार्यक्रममा मुख्यमन्त्री कडेलले उक्त निर्देशन दिए । प्रदेश सरकारका तर्फवाट जिल्लामा आएकाे नीति तथा कार्यक्रमलाई सफल बनाउन जिम्मेवारीका साथ लाग्न आग्रह गर्दै अर्काेलाई देखाएर जिम्मेवारीबाट पन्छिन खाेजेमा आफ्नाे र सरकारकाे समर्थन नहुने भएकाले कार्यालयमा आएका विकास कार्यक्रम र वजेट जति सकिन्छ सुचना प्रकासित गरेर धेरै भन्दा धेरै सार्वजिक गर्नु पर्नेमा जाेड दिए।
कार्यालयमा आएका याेजना बजेट र कार्यक्रम निष्पक्ष पार्दशि र निर्भिकता साथ सम्पन्न गरेमा आफ्नाे सहयाेग र समर्थन रहेने मुख्यमन्त्री कडेलकाे भनाई थियाे । साविकका कर्णालीका जिल्लामा अनुदान र कार्यक्रम पाउनु पर्ने किसानले नपाई कागजी किसानले पाउने गरेकाे गुनासा धेरै भएकाले त्यस्ताे नगर्न चेतावनी दिदै विदाई दुखद हुने बताए । पुर्वाधार सिचाई लगायतका विकासी कार्यालयमा आएका ३० लाख सम्मका याेजनाहरु टेण्डर मार्फत गर्नु पर्ने र असाेज महिना भित्र टेण्डर खाेल्न सम्बन्धित कार्यालय प्रमुखलाई मुख्यमन्त्री कडेलले सुझाएका छन। एक अर्काे प्रसङगमा भेरिकरिडाेर अन्तर्गतको छिन्चु डाेल्पा सडक सुविधा सम्पन्न गर्ने पहिलाे प्राथमिकता आफु रहेकाेले संघीय संरचनागत भएपनि प्रदेश सरकारकाे तर्फवाट घचघच्याउन पछि नपर्ने प्रतिबद्धता मुख्यमन्त्री कडेलले ब्यक्त गरे ।
आफुसंग भएकाे बजेटले गाेरेटाे बनाउने अरुलाई धराप बनाउन देखनउने स्थानीय सरकारका जनप्रतिनिधिले प्रबृत्तिमा परिवर्तन ल्याउनु पर्नेमा मुख्यमन्त्री कडेलले जाेड दिए । राजनिती अरुकाे लागि नभई आफ्नाे समाज र सम्मानका लागि गरिने भएकाले एक्लै हिडेर कुनैपनि समस्याकाे समाधान नहुने भएकाले सबैलाई गाेलबन्द पारेर अगाडि बढ्न सक्नु पर्ने उल्लख गर्दै अरुले पैसा तिरेर पाटीमा बस्ने तर अपनत्वकाे भावना जागृत नगरि पाटी फेरबदल गरिरहने प्रबृत्तिका कार्यकर्ता हटाउन समेत एमालेका जिल्ला नेतृत्वलाई मुख्यमन्त्री कडेलले गरे । प्रमुख जिल्ला अधिकारी तुलसिप्रसाद दाहालले जिल्लाकाे शान्तिसुरक्षा अमैनचयन भाैतिक पुर्वाधार विकासकाे अवस्था लगायत धार्मिक सांस्कृतिक शैक्षिक पक्षकाे बारेमा जानकारी गराएका थिए।
उपल्लाे डाेल्पाकाे शे फाेक्सुण्डाे गाउँपालिकाकाे शे गुम्बामा लाग्ने १२ वर्षे शे मेलामा भाग लिन हेलिकप्टर मार्फत मुख्यमन्त्री कडेल र शहरी विकास तथा भाैतिक पुर्वाधार मन्त्री शेरबहादुर बुढा डाेल्पाकाे सदरमुकाम दुनै पुग्नु भएकाे थियाे । प्रतिकुल माैसमका कारण उपल्लाे डाेल्पामा आयाेजना हुनगइरहेकाे शे मेलामा जान नसकेपछि सदरमुकाम दुनैमा नेकपा एमालेका कार्यकर्तासंग भेटघाट तथा जिल्लास्थित कार्यालय प्रमुखसंग भेटघाट गरेर जिल्लाकाे बस्तुस्थित बारे जानकारी लिएका छन। प्रतिकुल माैसमका कारण हेलि उपल्लो डाेल्पामा जाननसकेपछि मुख्यमन्त्री दुनैवाटै सुर्खेत फर्कनु भएकाे छ भने शहरी तथा भाैतिक पुर्वाधार मन्त्री बुढा गृह जिल्लामै बस्नु भएकाे छ ।प्रदेश स्थापना काल पछि डाेल्पा जिल्लाको सदरमुकाम सम्म पुगेर भेटघाट गर्ने मुख्यमन्त्रीमा कडेल पहिलाे हुन ।६७ औं १२ वर्षे शेल रिवो डुग्ड्रा (शे) मेलाको आयोजकको निमन्त्रणामा खराव मौसमका बावजुत पनि हेलीकप्टरमा डोल्पा सदरमुकाम सम्म पुगेका कडेल मौसममा आएको जटिलताले गर्दा मेलामा नपुगेरै सुर्खेत फर्कीएका हुन । सुर्खेतमा पानी धेरै परेपछि मुख्यमन्त्री कडेल र सुत्केरी बोकेको हेलीकप्टर रुकुम पश्चिमको राडीमा आकश्मिक अवतरण गरेका छन ।