स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) मा काईके गाउँपालिका पहिलो स्थानमा

जैतुन अनलाइन | 2024-08-23

भाद्र ०७,

डोल्पा : स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) मा काईके गाउँपालिका पहिलो भएको छ । आर्थिक बर्ष ०७९/०८० मा डोल्पाको काईके गाउँपालिका स्थानीय तह संस्थागत क्षमता मूल्याङ्कन (LISA) मा कुल अंङ्कको ८३.२५  अंङ्क प्राप्त गरि डोल्पा जिल्लामा पहिलो भएको हो । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहिबार प्रकाशन गरेको उक्त तथ्याङ्कमा डोल्पामा सबैभन्दा राम्रो अंङ्क काईके गाउँपालिकाले प्राप्त गरेको पाईएको छ । अघिल्ला आर्थिक बर्षको तुलनामा अझै सुधार गर्दै काईके गाउँपालिकाले आर्थिक बर्ष ०७९/०८० मा जिल्लाभरमै राम्रो अंङ्क ल्यान सफल भएको हो ।

नगरपालिका तथा गाउँपालिकाको कार्य प्रकृया र उपलब्धीको लेखाजोखा गरी शासकिय प्रकृया तथा विकास ब्यवस्थापन गर्नुपर्ने सुधारका क्षेत्र पहिचान गर्ने,आवधिक समिक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकार विच स्वस्थ प्रतिशप्रधाको भावना जागृत गराउने उदेश्यले कार्यान्वयनमा रहेकाे स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) गर्ने गरेको हो । सोहि अनुसार आर्थिक बर्ष ०७९/०८० को नतिजा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहिबार प्रकाशन गरेको छ । यसरी प्रकाशन गरिएको नतिजा अनुसार डोल्पामा  काईके गाउँपालिका पहिलो स्थानमा र ठुलीभेरी नगरपालिकाले कुल अंङ्कको ५९अंङ्क प्राप्त गरि अन्तिममा रहेको छ ।

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहिबार प्रकाशन गरेको नतिजा अनुसार डोल्पामा काईके गाउँपालिका ८३.२५ अंङ्क प्राप्त गरी पहिलो,शे-फोक्सुण्डो गाउँपालिका ८१.७५ अंङ्क सहित दोस्रो,त्रिपुरा सुन्दरी नगरपालिका ७९.७५ अङ्क सहित तेस्रो,मुड्केचुला गाउँपालिका ७९.५० अंङ्क सहित चौथो,जगदुल्ला गाउँपालिका ७८.५० अंङ्क सहित पाँचौ,डोल्पोबुद्ध गाउँपालिका ६९.७५ अंङ्क सहित छैटौ,छार्का ताङसोङ गाउँपालिका ६४.५० अंङ्क सहित सातौ र ठुलीभेरी नगरपालिका ५९.०० अंङ्क अन्तिम आठौँमा रहेको छ ।

संघियताको सुरुवातका केहि बर्षमा पुछारमा रहने गरेको काईके गाउँपालिका आर्थिक बर्ष ०७९/०८० मा स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) मा पहिलो बन्न सफल भएको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बर्ष भरि स्थानीय तहहरुले गरेको कामको मुल्याङ्कन गर्ने एक माध्याम स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA)  भएको र यो नतिजा आउनमा कर्मचारीको महत्वपूर्ण भुमिका रहेको काईके गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत सम्झना पराजुलीले बताईन । पराजुलीका अनुसार कर्मचारीले काम भने अनुसार गरे भने जनप्रतिनिधिले साथ दिदै गएपछि काईके गाउँपालिका नीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) मा पहिलो बन्न सफल भएको दावी गरिन ।

आर्थिक बर्ष ०७९/०८० मा काईके गाउँपालिका पहिलो स्थानमा पुगेकोमा निकै खुसि भएको काईके गाउँपालिका अध्यक्ष अंगद रानाले बताए । अध्यक्ष रानाले भने मेहेनत,जनताको अपेक्षा अनुसार काम गरेर सेवा प्रदान र कर्मचारीहरुको काम गर्ने मनोभावनाको कदर गर्दै जादा आज काईके गाउँपालिकाले उत्कृष्ट नतिजा हाँसिल गरेको छ हामी कर्मचारी सबैलाई धन्यबाद प्रकट गर्छौ । जनप्रतिनिधिले वा जनताले मात्रै गरेर सम्भब छैन कर्मचारी लगनशिल उर्जावान गर क्षमतावान भए स्थानीय तहमा विकास सहजै हुने गाउँपालिका अध्यक्ष रानाको बुझाई रहेको छ ।