डोल्पामा सामाजिक मन्त्रालयका योजना छार्कामा शुन्य ठुलीभेरिमा सबैभन्दा धेरै

जैतुन अनलाइन | 2024-08-16

श्रावण ३२,

डोल्पा : सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशबाट आर्थिक बर्ष २०८१/०८२ का लागि विनियोजित योजनाहरु स्थानीयतहमा जानकारी गराइएको छ । सामाजिक विकास कार्यालय डोल्पाले जिल्लाका सबै स्थानीयतहहरुलाइ मन्त्रालयबाट छनौट गरिएका योजनाहरुको जानकारी गराएको हो । कार्यालय पत्र मार्फत हरेक स्थानीयतहमा आएका योजनारु बारे जानकारी गराई सकेको सामाजिक विकास कार्यालय डोल्पामा प्रमुख धन बहादुर शाहीले जानकारी दिए । शाहीका अनुसार डोल्पाका ८ वटा स्थानीयतह मध्य ठुलीभेरी नगरपालिकामा सबैभन्दा धेरै १३ वटा योजना समाबेश भएको र छार्का ताङसोङ गाउँपालिकामा कुनैपनि योजना छनौटमा नपरेको बताए ।

सामाजिक विकास मन्त्रालयले आर्थिक बर्ष २०८१/०८२ मा कार्यान्वयनमा आउने योजनाहरु छार्का ताङसोङ गाउँपालिकामा शुन्य बनाएपछि नागरिकहरु निराशामा रहेका छन । शक्ति र चिनजानमा योजना छनौट हुने गरेकोले पनि छार्कामा कुनैपनि योजना छनौट नभएको एक स्थानीय युवाले आरोप लगाए । परिचय खुलाउन नचाहेका उनले भने हाम्रा जनप्रतिनिधि पनि समयमा नलाग्ने र प्रदेशका नेताले पनि उपेक्षा गरेको उनको आशँका छ । छार्का ताङसोङ गाउँपालिकामा सामाजिक विकास कार्यालय जस्तो शिक्षा,स्वास्थ्य,वालवालिका र लक्षित वर्गलाइ हेर्ने मन्त्रालयले समेत उपेक्षित गर्नु जनताको हित विपरित काम गरेको नागरिक अगुवाको भनाई छ ।

कर्णाली प्रदेश सरकारले हरेक मन्त्रालयबाट छनौट गरिएका योजनाहरुको जानकारी स्थानीयतहलाई गराउने निर्देशन अनुसार सामाजिक विकास कार्यालय डोल्पाले सबै स्थानियतहलाइ जानकारी सहितको पत्राचार गरेको कार्यालय प्रमुख धन बहादुर शाहीले जानकारी दिए । शाहीले भने कुनै स्थानीयतहमा धेरै योननाहरु आउने र कुनैमा आउदै नआउने कुरामा जिल्लाको कार्यालयको कुनै  भुमिका नरहेको तर जिल्लाबाट कार्यक्रम तय गर्नेबेलमा सबैलाइ आवाश्कताको आधारमा तयगरि प्रदेशमा पठाएको बताए । के कसरी कुनै स्थानीयतहमा बजेटनै शुन्य भयो भन्नेबारे कार्यालय जानकार नरहेको शाहीले प्रष्ट पारे ।

आगामी आर्थिक बर्ष २०८१/०८२ मा सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशबाट डोल्पा जिल्लाका ७ वटा स्थानीयतहमा आएका योजनाहरुमा ठुलीभेरी नगरपालिकामा १३ वटा,त्रिपूरा सुन्दरी नगरपालिकामा ९ वटा,मुड्केचुला गाउँपालिकामा ७ वटा,जगदुल्ला गाउँपालिकामा ६ वटा,काईके गाउँपालिकामा ४ वटा,शे–फोक्सुण्डो गाउँपालिकामा ७ वटा र डोल्पोबुद्ध गाउँपालिकामा १ योजना समाबेश भएकाछन । सामाजिक विकास कार्यालय डोल्पाले कार्यान्वयन गर्ने उक्त योजनाहरुको प्रदेश सरकारले कार्यबिधि पठाउने बित्तिकै कार्यान्वयनमा जाने र ३० लाख भन्दा माथिका योजनाहरु सबै ठेक्का मार्फत हुने सामाजिक विकास कार्यालय डोल्पाका प्रमुख शाहीले बताए । अघिल्लो बर्षको तुलनामा यो बर्षका योजनाहरु समयमै कार्यान्वयमा जाने कार्यलय प्रमुख शाहीको दावी छ  ।

कुन स्थानीयतहमा कुन कुन योजना हेर्नुहोस :