श्रावण २५,
डोल्पा : अब काठमाण्डौमै बसेर प्राकृतिक सुन्दरताको खानी डोल्पा नियाल्न सक्नेछन । शब्द, दृश्य, चित्र र उत्पादनद्धारा संघीय राजधानीसँग कर्णाली जोड्ने भन्दै काठमाडौंको नयाँ बानेश्वरमा ‘कनेक्टिङ कर्णाली’ अभियान सुरू भएको छ। मनघरी फाउण्डेशनको अगुवाइमा सुरू भएको अभियान १० महिना सम्म जारी रहने आयोजक एवं ‘कनेक्टिङ कर्णाली’का परिकल्पनकार भरतबन्धु थापाले बताए।
कर्णालीमा १० जिल्ला छ, १० महिनासम्म चल्नेछ। अभियानको सुरूवात स्वरुप खस कला, संस्कृति र सम्पदाको खानीको रुपमा रहेको दैलेखबाट सुरुआत गरिएकेा थियेा भने साउन महिना डेाल्पा जिल्लाका ३० वटा फोटो तथा ५ वटा भिडिओको प्रदर्शनीमा हुने छ। साथै, कर्णालीको उत्पादनसँग सम्बन्धित मार्सी चामल, सिमी, कोदो, फापरको पिठो, कपडा,राउटे समुदायबाट उत्पादित सामग्रीहरूलाई प्रदर्शनीमा राखिने छ। भिडिओहरूमा डेाल्पाकेा संस्कृति, सम्पदा, प्रकृति, यार्सा सम्बन्धित भिडिओहरू राखिएको छ।