श्रावण १०,
सुर्खेत : कर्णाली प्रदेशमा आगामी चालू आर्थिक बर्षको बजेट कार्यान्वयन गर्न ९ बुदे साझा प्रतिबद्धता गरिएको छ । बिहिवार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको आयोजनामा प्रगति समिक्षा तथा आगामी योजना कार्यान्वयन तयारी गोष्ठीमा उक्त ९ बुदे साझा प्रतिबद्धता गरिएको हो । नया सिराबाट कर्णालीमा बिकासको अनुभुती गर्ने गरि योजना कार्यान्वयन गर्न मुख्यमन्त्री,मन्त्री,सचिव र कर्णाली प्रदेशभरिका कार्यालय प्रमुख बिच यस्तो प्रतिबद्धता भएको हो ।
आगामी बर्षका योजना कार्यान्वयनको लागि कर्णालीमा भएको ९ बुदे साझा प्रतिबद्धतामा भनिएको छ ।
१- प्रदेश स्थित जिल्लाका सबै कार्यालयले चालू आर्थिक बर्षको स्वीकृत बजेट तथा कार्यक्रममा रहेका योजनाका बिवरण (योजनाको नाम, कार्यान्वयन हुने स्थान,कार्यान्वयन अबधि तथा बिधी,बजे आदि) २०८१ श्रावण मसान्तसम्म सम्बन्धित स्थानीयतहलाइ जानकारी तथा कार्यान्वयन सहजीकरणका लागि पत्राचार गर्ने ।
२- स्वीकृत बार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनका लागि आवस्यक कार्यबिधी,निर्देशिका तथा मापदण्डहरु २०८१ भाद्र मसान्तसम्म तर्जुमा र असोज १५ भित्र स्वीकृत गर्नेछौ ।
३- स्वीकृत बार्षिक बजेट तथा कार्यक्रम अन्तरगतका सालवसाली आयोजनाहरु २०८१ असोज १५ भित्र खरिद प्रक्रिया अगाडी बढाउनुका साथै बहुबर्षिय तथा क्रमागत आयोजनाको कार्यान्वयन लाई तिब्रता दिने ।
४- महालेखा परिक्षकको प्रतिबेदनमा कायम भएको बेरुजु फ्रच्यौट्क्को २०८१ श्रावण मसान्त भित्र कार्यायोजना बनाइ तदारुकताका साथ कार्यान्वयन गर्ने।
५- प्रदेश सरकारको क्षेत्र भित्र पर्न आएका श्रोतहरुको पहिचान गरि राजस्वमा वृद्धि गर्ने ।
६- आयोजना अथवा कार्यालय प्रमुख सङ्ग कार्य सम्पादन सम्झौता गरि बार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयन कार्ययोजनाको समयबद्द र पुर्णरुपमा कार्यान्वयन गर्ने ।
७- बजेट तथा कार्यक्रम कार्यान्वयनको अनुगमन कार्ययोजना बनाइ प्रभाबकारी र नजितामुलम अनुगमन गर्ने ।
८- उपलब्ध श्रोत र साधनको मितब्यइ र कुशलता पुर्बक प्रयोग गर्दै आफ्नो निकायबाट प्रबाह गरिने सेवालाई नजितामुलक,गुणस्तरीय, नागरिक मैत्री र प्रभावकारी बनाइने ।
९- आगामी आर्थिक बर्ष ०८२/०८३ को बार्षिक नीति, बजेट तथा कार्यक्रमको तयारीको कार्यतालिका बनाइ दोस्रो त्रैमसिक देखि सुरुवात गरि समयबद्द रुपमा योजना तर्जुमाको कार्यसम्पादन गर्ने गरि ९ बुदे साझा प्रतिबद्धता गरिएको हो ।
सरकारले बिनियोजन गरेको बजेट नेता कर्मचारी वा कोहि बिचौलियाको नभएर सेवाग्राहीको अर्थात जनताको भएकोले आफ्नो कुशलता क्षमता अनि दक्षताले कार्यान्वयन गर्न कार्यालय प्रमुखलाई मुख्यमन्त्री यामलाल कडेलले निर्देशन दिए ।
मुख्यमन्त्री कडेलले भने नीति बिधि र थितिमा हुने कुनैपनी कुरामा आफू कर्मचारीको पक्षमा रहेको तर भनसुनम कुनै काम नगर्नु । कर्णालीको बिकास र समृद्धिको लागि कर्मचारीकै महत्त्वपूर्ण भुमिका रहेकोले सरकारलाई साथ दिएर नया सिराबाट बिकास गर्नुपर्ने मुख्यमन्त्री कडेलको कर्मचारीलाई आग्रह गरे । जताले नेता र सरकारलाई हेर्ने नजर पुरानै भएकोले त्यो पुरानो सोच चिरफार गरेर जनताले अनुभुती गर्ने गरि बिकास गर्नुपर्ने भएकोले सबै एक भएर लाग्न जरुरी रहेको मुख्यमन्त्रीको भनाइ छ ।
गत आर्थिक बर्षको समिक्षा र आगामी आर्थिक बर्षको चालू बजेट कार्यान्वयनको बजेट कार्यान्वयन योजना तयारी गोष्ठीमा कर्णाली प्रदेशका सबै मन्त्रालयले प्रगति बिवरण र आगामी योजना प्रस्तुत गरेका थिए । यसरी एकै साथ प्रगति समिक्षा र आगामी बजेट कार्यान्वयन तयारी सामुहिक गरेको कर्णालीमा पहिलोपटक हो भने अब नियमित जसो छलफल अन्तरक्रिया हुने कर्णाली प्रदेश सरकारको दाबी छ ।