श्रावण ०५,
डोल्पा : जुम्ल्याहा बच्चा नजन्मेपछि सुत्केरी महिलाको हेलीकप्टरबाट उद्धार गरिएको छ । काईके गाउँपालिका वडा नम्बर ५ कि २१ बर्षिया सलिना रोकायालाइ बच्चा जन्माउन नसकेपछि शनिबार नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । गर्भमा जुम्ल्याहा बच्चा भएकी रोकायाले एक बच्चालाई स्वास्थ्यचौकि शहरतारा नम्दोमा जन्म दिएपनि अर्को बच्चा नजन्मेपछि रोकायालाई हेलीक्पटरबाट सुर्खेत लगिएको काईके गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत सम्झना पराजुलीले जानकारी दिईन । प्रमुख प्रशासकिय अधिकृत पराजुलीका अनुसार Retained placenta & Twins Delivery पालिकाको स्वास्थ्य चौकिमा सम्भब नहुने भनि स्वास्थ्यकर्मिले जानकारी गराएपछि आमा र बच्चाको ज्यान बचाउन उनलाइ हेलीकप्टर मार्फत उद्धार गरिएको बताईन ।
पालिकामा रहेको प्रसुतिगृहमा भएजतिको जनशक्ति लगाएर पनि अर्को बच्चा नजन्मेपछि गाउँपालिकाको अनुरोधमा जिल्ला प्रशासन कार्यालय डोल्पाले हेलीकप्टरको लागि पहल गरेको थियो । राष्टपति महिला उत्थान कार्यक्रम मार्फत रोकायाको नेपाली सेनाको हेलीप्टरबाट उद्धार गरि सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी तुलसि प्रसाद दाहालले जानकारी दिए । हेलीकप्टरबाट सुर्खेत लगिएका आमा र बच्चा तिनै जनाको स्वास्थ्य अबस्था सामान्य रहेको छ भने जुम्ल्याहा दुबै छोरी जन्मिएकी छिन ।
डोल्पा भौगोलिक रुपमा ठुलो जिल्ला भएको कारण पनि ग्रामिण क्षेत्रबाट सुत्केरी महिलाहरुको हेलीकप्टरबाटै उद्धार गरि आमा र बच्चाको ज्यान जोगाउने गरिएको छ । पछिल्लो समय हरेक पालिकाहरुमा प्रसुतिगृह भएपनि दक्षजनशक्ति र उपकरणको अभाबका कारण सहजै सुत्केरी गराउने अबस्था भने छैन तर पनि समग्रमा हेर्दा डोल्पामा स्वास्थ्य संस्थामा गएर सुत्केरी गराउनेको संख्या भने बढ्दो रहेको स्वास्थ्य सेवा कार्यालयको तथ्याङ्कमा देखिएको छ ।