डा. सुरज उपाध्याय, डा. अखण्ड उपाध्याय
जब विकास लाई भोलिको विपद तयारि सँग जोडिदैन, जब विकास लाई कसैको अधिकारका रुपमा मात्र हेरिन्छ, अर्काको अधिकारमा के फरक पर्छ भनेर हेरिदैन तब बिकास ले विनास ल्याउछ अझ त्यो भन्दा पनि जब बिकास प्रकृतिको बनाउवट लाई भुलेर गरिन्छ तब कुनै न कुनै बखत वितण्डा मच्चाउने छ भन्ने भुलेर विकास गर्ने परिपाटि कहिले सम्म । अझ संघियता पछि विकास लाई पद पावर सँग जोडेर विना कुनै वैज्ञानिक, प्राकृति अध्यायन काम गर्ने परिपाटिले देशै भरि हरेक बर्खामा समस्या ल्याउदै आएको छ । यस्तै विनाकुनै अध्यायन अनि भोलिका दिनमा यस्ले पार्न सकने असरका बारेमा नबुझेर सडक खन्दा अझ भनौ भिर खन्दा दुनै ले अहिले विपति भोग्नु परिरहेको छ ।
दुवै तिर ठुला ठुला भिर अनि बिचमा खुम्चिएर बसेको दुनै अहिले बिचको भेरि नदि बाट पनि जोखिमा छ भने यता तिप्ला गाँउ जाने भिर बाट पनि उच्च जोखिममा छ । भेरि नदिको बहावको कटान बाट सदरमुकामलाई बचाउन भन्दै बजार छेउमा मेसिनरि वाल खोला लाई धकेलेर बनाईएको छ, उक्त्त वाल बनाउदा खोलालाई बजार भन्दा पारि धकेलेपछि पहिलेको खोलाका जमिन लाई अहिले नम्बरि नभएपनि त्यसै माथि घर बनाउने कार्य सम्पन्न भएको छ भनेर भन्दा कुनै अचम्म मान्नु पर्दैन । उता राजधानि काठमाण्डौँमा खोला लाई जमिन मुनि पठाएर माथि घर बनाएको जस्तै यता दुनैमा खोला लाई धकेलेर घर बनाइएको छ । न त नगरपालिका न त वडाले नै यस कार्य लाई रोक्न सकेको छ । यहि मिति २०८१ असार १३ गते ठुलिभेरि ३ र ४ मा पर्ने तिप्ला खोलामा बाडि आउदाँ मानविय क्षति नभएपनि वर्षौ देखि संरक्षण गरेका रुख बिरुवा हरु नास भए, खेति योग्य जमिनमा बाढि पस्यो । यसरि बाढि आउनुको पछाडिको कथा छुट्टै छ ।
मिति २०८ मा कर्णाली प्रदेश सरकार को वन तथा वातावरण मन्त्रालय बाट दुनै देखि तिप्ला जोड्ने बाटोको लागि बजेट छुट्याएर ठेक्का खोल्ने योजना सुरु भयो । त्यो खबर पाउदाँ बित्तिकै ३ नं बडा बासिहरुले बिरोध गरे, पटक पटक बन कार्यालयमा बैठक बस्यो, जिल्ला प्रशासन कार्यालयमा बैठक बस्यो दुनै तिप्ला मोटर बाटो खन्दा सदरमुकाम पुर्णरुपमा जोखिममा पर्ने तसर्थ त्यसरि बाटो नखोल्नु भनेर आग्रह भयो, तर अहँ सुन्नु पर्ने ले सुनेन बरु उल्टै त्यस्ता सुझाव दिने लाई बिकास विरोधि भनेर ट्याग लगाइयो । तल सदरमुकामको बस्ती छ माथि यसरि भिर काट्दा दुर्गामि असर पर्छ भन्दा अहँ केहि सिमित मान्छेको दम्भको कारण सुनेन्न, त्यहि तिप्ला गाँउमा मोटर बाटो लान धुपिचौर बाट केहि खनिसकेको थिए तर भन्निछ नि मान्छे पावरमा पुगेपछि कसैको सुन्दैन्न भन्ने कुरा दुनै बासिले सुनेका मात्र थिए तर देखे पनि, धुपिचौर बाट खनिरहेको बाटोको काम लाई रोकेर दुनै तिप्ला सडक खन्न डोजर हिडाएर सुरुवात तत्कालिन बन मन्त्रालयका मन्त्रि नन्द सिँ बुढाको उपस्थितिमा भयो ।
बाटो खन्न सुरु गर्दा बातावरणिय अध्यायन भएको छ कि छैन भनेर सोधिखोजि पनि गरे दुनै बासिले तर अध्यायन भैसकेको भनियो, यदि अध्यायन भएको थियो भने तल बस्ती माथि चट्टाने भिर डोजरले खोल्न दिने ईन्जिनियर अथवा कार्यालय को हो त्यस माथि प्रश्न चिन्ह खडा पनि भयो तर अहँ दम्भका अगाडि विवश जनता हरु झुक्नै पर्यो, तल बस्ती माथि बाटो खन्दा निस्केको माटो ढुगाँ निर्माणकर्ताले निर्माण स्थल वरपर नफालेर व्यवस्थापन गर्नु पर्ने नियम भएपनि त्यो नियमलाई ल्त्याउदा पनि सम्बन्धित कार्यालयले बोल्न आवश्यक ठानेन, अझ त्यो भन्दा पनि डर लाग्दो दृश्य त बाटो नखन यसरि भनेर डोजरको अगाडि उभिने आमा दिदि बहिनि हरुलाई बाटो निर्माणकर्ताले ५ लाखको ज्यान त हो, डोजर चढाएर भएपनि हिड्छौँ भने पछि मुर्ख देखि दैव डरा भने जस्तै चुप बसे अनि बाटोको काम सुरु भयो, यो बिच बाटो खनिरहदा वातावरण मन्त्रालयबाट फोक्सुण्डो घुम्नका लागि आउनु भएका एकजना भुर्गविदले यो टाइम बम हो जुन सुकै बेला पनि बिष्फोट हुन सक्छ जस्तै सानो झरिमा पनि पहिरो आउन, भिर फुट्ने लगायत, यस्तो विकास गर्न बजेट दिने पनि उस्तै यस्ते विकास गरे भनेर नाक लामो बनाउने पनि उस्तै, विचरा यो योजनामा बजेट हाल्ने लाई कति सराप्छन् होला है भनि भनिरहदा म मन मनै साचो कुरा हो भनि सोचिरहेको थिए ।
बाटो जिल्ला अदालत कार्यालय छेउ बाट खन्दै शान्ति क्षेत्र, करेपाखा भन्ने ठाउँ सम्म पुग्यो, त्यहाँ पुग्दा त्यो क्षेत्र पुरै निजि भएको हुनाले दुनै बासिले त्यस क्षेत्र जग्गाका जग्गाधनिले पक्कै पनि दिदैन होलान खन्न भनेको त त्यहाँ पनि बाटो खने अनि अब दुनै बासिले पनि हार माने, ततपश्चात बाटो अब बनि छाड्छ भन्नेमा ढुक्क भए दुनै बासि । अब बाटो खन्न न त वातावरणिय अध्यायन चाहिने भयो, न त माटो परिक्षण न त बाटो नाप्न ईन्जिनियर नै बस डोजर जता जता हिड्यो त्यतै बाटो खन्दै जान थाल्यो, र त खन्दै जाँदा मोड पुगेन डोजरलाई भने पुन अर्को साँध हालेर बाटो बनाउन थाल्यो, यस बिच माथि भिरबाट ढुँगा हरु तल खस्न थाले र फलस्वरुप शान्ति क्षेत्रमा बस्ने १ परिवार बिस्थापित भयो । कडा ढुगाँको भिरमा डोजर ड्राईभर नै ईन्जिनियर, उनै वातावरण विद् उनै भुर्गवविद बनेर निस्के, नागबेलि पारामा हरियो घाँस उम्रेको कडा ढुँगाको भिरमा बाटो बन्दै गयो, बाटो खन्दा फुटालेको भिरबाट निस्केका ढुँगा तिप्ला खोला मा समाहित हुन थाल्यो, आफनै सुरमा बगिरहेको तिप्ला खोला दुनैमा थुप्रैका घरका लागि खानेपानिको स्रोत थियो भने केहिका लागि खानेपानि योजनाको लागि बजेट ल्याईदिने स्रोत, बाटो खनिरहदाँ अघिल्लो वर्ष भल आयो, तल फेदि तिर रहेको ढुस्का भन्ने निजि आवास क्षेत्रको केहि भागमा असर गर्यो अनि त्यहि भागमा अर्को योजना बन्यो तल, दायाँ बाया जमिनमा झालि भर्ने ।
यो तिप्ला खोला यहि खोला हो जहाँ हरेक शनिबार लुगा धुन नुहाउन जाने गर्थे, गहिरो खोला मा अनावश्यक जालि भरेर राख्न पक्कै नहुने हो । यहि खोला को अन्तिम विन्दुका वरपरका जग्गाधनिले जग्गा जोगाउन तार जालि हाले त्यसले गर्दा पनि खोलाको मुख सानो भयो, भएन भन्दा माथि चक्रपथ बनाउने योजनामा बाटो खोलियो अलिकति अनि अहिले थोरै पानि पर्दा पनि भल आउने भयो र वर्षौ देखि संरक्षण गरेको जग्गाा जमिन, रुख विरुवा सबै तहसनहस पार्यो । यो लेख तयार गर्दा सम्म ३ पटक त्यहि खोलामा भल आईसक्यो ।
डोल्पा जिल्लामा दुनै तिप्लाको बाटो मात्र होइन एउटै गाँउ जान ३ ४ ठाँउबाट बाटो विना वातावरणिय अध्यायन खनिरहेका छन् । बाटो बनाउन अध्यायन, ईन्जिनियर होइन, माथि बजेट हाल्ने ठाँउ नेता, अनि जिल्लामा डोजर भए पुग्छ भन्ने भैसक्यो । जहाँ जहाँ डोजर हिड्छ त्यहाँ बाटो बन्दै जान्छ, अहिले बाटो बने भयो, भोलिका दिनमा आउने विपति जे भएपनि मतलब गरेको देखिदैन । जब्बर भिड लाई खनेर बाटो खन्ने बजेट हाल्न तयार हुने नेतृृत्वकर्ता हरु हुनजेल सम्म दिर्घकालिन विकास डोल्पामा सम्भव छैन, अनि भेरिको बिचको टापुमा पार्कको सपना देखाउदै बजेट हाल्ने यता पटि नदिकिनारको छेउमा बढेमानको पर्खाल लगाउने विकास हुन्जेल सम्म प्राकृतिक टाईम बमका रुपमा रहेको दुनैले जुनसुकै बेला पनि विपद भोग्नुपर्ने हुन सक्छ ।