सरोज थापा -असार २७
डोल्पा : उत्कृष्ट कृषक र पशुपालक ब्यबसायीलाई पुरस्कृत गरेको छ । कृषि बिकास कार्यालय र पशु अस्पताल तथा पशु सेवा कार्यालय डोल्पाले जिल्लाका उत्कृष्ट कृषक र पसुपालक ब्यबसायिलाई पुरस्कृत गरेको हो । डोल्पा सदरमुकाम दुनैमा एक कार्यक्रम विच जिल्लाका कृषकहरु मध्यबाट उत्कृष्ट कृषक र पशुपालक व्यावसायि छनौट गरि ६ जनालाई पुरसकार वितरण गरिएको कृषि विकास कार्यालय डोल्पाका अधिकृत तिल बहादुर रानाले जानकारी दिए।
पुरस्कृत हुनेमा बाख्रा पालन तर्फ काईके गाउपालिका-३ का अगम बहादुर ठकुल्लाले नगद ४० हजार, मुड्केचुला गाउपालिका ७ का भेडाबाख्रा ब्यवसाय पालक धन बहादुर बुढा नगद ३० हजार,गाईपालनमा जगदुल्ला-१ का हेम बहादुर महाताराले नगद २० हजार सहित प्रमाण पत्रका साथ पुरस्कृत भएका हुन । पशुपालन तर्फ पहिलो,दोस्रो,र तेस्रो स्थानमा छनौट गरी पुरस्कृत गिरएको पशु अस्पताल तथा पशु सेवा कार्यलया डोल्पाका प्रमुख जर बहादुर भक्रीले जानकारी दिए।
त्यस्तै कृषि क्षेत्रमा स्याउ खेती तर्फ ठुलिभेरी-१ का जुद्द बहादुर रोकायाले नगद ४० हजार,ठुलिभेरी नगरपालिका-१० कि मौरी पालक भानुमती कार्कीले ३० हजार, स्याउ खेती तर्फ त्रिपुरासुन्दरी ४ का श्रीकर्ण बोहरा २० हजार नगत प्रमाणपत्र सहित पुरस्कृत भएका छन । उत्कृष्ट कृषक तथा व्यावसायीहरु जिल्ला भरबाट छनौट गरि पुरस्कार प्रदान गरिएको कृषि बिकास कार्यलय डोल्पाका प्रमुख गणेश अधिकारीले जानकारी दिए ।
कार्यक्रममा कृषि बिकास कार्यालय र पशु सेवा कार्यालयले संयुक्त रुपमा तिप्ला खोलामा बाढिले बङ्गुर बगाएर पिडित भएकी सिमा रोकाया लाई नगद ५ हजार प्रदान गरेका छन । रोकायालाई राहात तथा प्रोत्साहन स्वरुप प्रदान गरिएको पसु चिकित्सक जर बहादुर भक्रीले बताए । कृषि बिकास कार्यलयमा भएको कार्यक्रममा जिल्ला समन्वय प्रमुख श्याम रोकायाले कृषकहरुले व्यावसायिक रुपमा आगाडी बड्नुपर्ने र सरकारले पनि गरिखानेलाई अनुदान र सम्मान गर्नुपर्ने बताए । सरकारले लगानी गरे अनुसार उत्कृष्ट पुरस्कृत कृषकहरु जस्तै अरु कृषकले पनि मेहेनत गर्नुपर्ने सरोकारवालाको जोड रहेको छ ।