विष्णुप्रसाद देवकोटा
असार २६,
डोल्पा : आर्थिक बर्ष २०८०/०८१ मा शे फाेक्सुण्डाे राष्ट्रिय निकुञ्जकाे कार्यालय सुलिगाड डाेल्पाले पशुधन विमा अन्तर्गत २ कराेड ५६ लाख रुपियाँ पीडितहरुलाई वितरण गरेकाे छ । डाेल्पाेबुद्द गाउँपालिकाकाे धाे,शे फाेक्सुण्डाे गाउँपालिकाकाे फाेक्सुण्डाे र त्रिपुरासुन्दरी नगरपालिकाकाे रसि गाउँका जनतालाई वन्यजन्तुले पशुचाैपायमा पुर्याएकाे क्षेतिकाे राहत स्वरुप उक्त पशुधन विमा वापतकाे रकम वितरण गरिएकाे हाे ।
शे फाेक्सुण्डाे राष्ट्रिय निकुञ्ज कार्यालय सुलिगाड डाेल्पाका निमित्त बरिस्ठ संरक्षण अधिकृत बिश्वबाबू श्रेष्ठले निकुञ्ज एरियामा बसाेबास गरिरहेका र वन्यजन्तुवाट पशुधनमा पुर्याएकाे क्षेतिले आहात भएका पीडितलाई पशुधन विमा अन्तर्गत राहत स्वरुप विमा रकम वितरण गरिएकाे बताउनु भयाे । राहत स्वरुपकाे विमा रकम वन्यजन्तुवाट पीडित नागरिकलाई आर्थिक वर्षकाे मध्यतीर विभिन्न मध्यवर्ती उपभोक्ता समितिकाे कार्य क्षेत्रमा पुगेर वितरण गरिएकाे भएपनि भुक्तानी वापतकाे ठुलाे रकम असार २४ गते सम्बन्धित पीडितलाई वितरण गरिएकाे निमित्त वरिष्ठ संरक्षण अधिकृत श्रेष्ठले जानकारी दिनु भयाे ।
डाेल्पामा संरक्षणकाे क्षेत्रमा स्थानीय जनताले पुर्याउदै आएकाे याेगदान खासै सन्ताेषजनक नभएपनि सरकारले सम्बन्धित क्षेत्रका बासिन्दालाई राहत स्वरुप उपलब्ध गराउदै आएकाे विमा वापतकाे रकमले संरक्षण कार्यमा थप हाैसला प्रदान गर्ने निमित्त संरक्षण अधिकृत श्रेष्ठले बताउनु भयाे । प्रत्येक बर्ष डाेल्पाबाट जडिबुटीवाट तीन कराेडकाे हाराहारीमा राजश्व संकलन भएर केन्द्रमा जाने गरेकाे र विमा वापतकाे वर्षनी उपलब्ध गराउने रकम र विकास निर्माण लगायत संरक्षण शिक्षाकाे नाममा जिल्लामा भित्रने रकम दाेब्बर बढी हुने गरेकाे तथ्यांकले निकुञ्ज सदैव स्थानीय जनताकाे हितमा कार्य गर्नेमा कुनै शंका नरहेकाेले संरक्षणमा सबैकाे हातेमालो र विश्वनियताकाे खांचाे रहेकाे निकुन्जले जनाएकाे छ ।