डाेल्पाकाे रुपगाड खाेला पुल निर्माणमा बहाना कि समस्या ?

जैतुन अनलाइन | 2024-07-07

लेख बुढा,

डाेल्पा : रुपगाड खाेला पुल डाेल्पाकाे सदरमुकाम दुनै मात्र जाेड्ने हाेईन याे उत्तरमा चिन र दक्षिणमा भारत त्रिदेशीय नाका अनि सम्बन्ध जाेड्ने पुल हाे। संघीयता लागू हुनु भन्दा पहिले निर्माणकार्य सुरु गरिएको रुपगाड खाेलामा अलपत्र पक्की पुल केही समय चर्चा पायो । संघीयता लागू भएसंगै पुलकाे चर्चा सकिए संगै निर्माणकार्य पनि बिचमै सकियो।

बर्षौपछि निर्माण सम्पन्न बेलीबृज पुलको उद्धघाटन गर्दै जिल्ला समन्वय समिति डोल्पाका प्रमुख श्याम बहादुर रोकाया

अझ भन्नू पर्दा संघीयताले पक्की पुल खाईदियाे। डाेल्पा आन्तरिक संगै राष्ट्रिय सडक सञ्जालले जाेडे पछि काठकाे पुलमा यातायात आवतजावत गर्दा अझ तेही काठकाे पुल पनि कहिलेकाही भत्किदा जनताले दुख मात्र पाएनन् जनप्रतिनिधि देखि राजनीति दलका नेतृत्वहरुकाे समेत आलोचना भयाे । सदरमुकाम दुनै बजारकाे मुखमै रहेकाे रुपगाड खाेलाकाे समस्या बेलाबेला सामाजिक सञ्जाल देखि गाउँघरका टाेलटाेलमा आलोचना हुने पनि गर्दथ्याे। रुपगाड खाेलामा पक्की पुल नबन्दा सम्म अस्थायी पुल बेलीब्रिज निर्माण गर्ने बिषयले पनि निकै चर्चा पायाे।

बिकासील राष्ट्रमा युद्व लगाएत अत्यावश्यक काममा छाेटाे समयमै तयार गरिने बेलिब्रिज रुपगाड खाेलामा निर्माण हुन चार बर्ष लाग्याे। भेरी काेरिडाेर मार्फत मिति २०७७/०९/०५ मा ठेक्का सम्झौता भई रुपगाडमा बेलीबृज निर्माणकार्य सम्पन्न भएपछि २०८१/०३/२२ गते उद्घाटन गरिएको छ। विभिन्न बहानामा रुपगाड खाेलामा बेलीब्रिज निर्माणकार्य ढिलासुस्ती गर्दा स्थानीय बासिन्दा, नागरिक समाज,राजनीतिक दल पत्रकार लगाएतले पटक पटक दबाब दिएका थिए । जिल्ला प्रशासनकाे निरन्तर पहल, स्थानीय बासिन्दा, राजनितीक दल , नागरिक समाज, जनप्रतिनिधिहरुकाे सक्रिय दबाबमा मिति २०८१/०१/१४ बाट निर्माणकार्य सुचारु गरेकाे बेलीब्रिज मिति २०८१/०३/२२ मा उद्घाटन गरिएको छ। सम्झौता भएकाे ४ बर्ष पछि करिब ३ महिना भित्र निर्माणकार्य सम्पन्न भएकाे हाे।

अघिकतम २० टन भारवहन क्षमताको रुपगाड खाेला बेलीब्रिज सञ्चालनमा आउदा स्थानीय बासिन्दा, व्यवसायी लगाएत यात्रुलाई सहज हुने भएकाे छ । रुपगाड खाेला बेलीब्रिजकाे शनिवार जिल्ला समन्वय समिति डाेल्पाका प्रमुख श्याम बहादुर राेकाया र प्रमुख जिल्ला अधिकारी तुलसी प्रसाद दाहालले उद्घाटन गरेका हुन।