सरोज थापा-असार २२,
डोल्पा : शे फोक्सुन्डो राष्ट्रिय निकुञ्ज भित्र हिउँ चितुवाले च्याङ्ग्रा मारेको छ । शे- फोक्सुण्डो गाऊँपालीका वडा नम्बर ६ का स्थानिय लोटेई गुरुङको फोत गाऊँमा यहि १६ गते राती हिऊँ चितुवाले एक्कासी च्याङ्ग्राको बासस्थान, गोठमा पसेर आक्रमण गरि च्याङ्रा मारेको शे फोक्सुन्डो गाउपालिका डोल्पाका उपाध्यक्ष पेमा वाङ्ग्छेन गुरुङले जानकारी दिनु भयो । उपाध्यक्ष गुरुङ्ग्का अनुसार चितुवाको आक्रमण बाट १५ वटा च्याङ्ग्रा मरेको बताउनु भयो ।
शे फोक्सुन्डो गाउपालिका ६ फोत गाउका लोटेई गुरुङ्गका हिउँ चितुवा बाट मारिएका १५ ओटा बाख्राको सरदर मूल्य ४ लाख बराबरको क्षेति भएको उपाध्यक्ष गुरुङ्गको भनाई छ । केही महिना अगाडि मात्र सोही गाउपालिका वडा नम्बर १ सुङ्ग्ज्योरमा एक बालिकालाई चितुवाले आक्रमण समेत गरेको थियो ।
एक बर्ष आगाडी मात्र शे फोक्सुन्डो राष्ट्रिय निकुञ्ज डोल्पा र wwf Nepal ले हिउँ चितुवाको सर्बेक्षण सम्पन्न गरेको हो । क्यामेरा ट्यापिङ्ग गरि राष्ट्रिय निकुञ्ज भित्र ९० ओटा र सामुदायिक बनमा २० वटा गरि जम्मा सम्पन्न १२० वटा हिउँ चितुवाको तथ्यांक सार्वजनिक गरेको थियो । जो नेपालमा सबै भन्दा धेरै घनत्वो रहेको डोल्पा हो । पछिल्लो समयमा बन्यजन्तु ,मान्छे र घरपालुवा पसुबस्तुको द्वन्द्व न्यूनीकरणका लागि सरोकारवाला निकायाले ध्यान दिन आबश्यक छ ।