असार २२,
डोल्पा : ६७ औँ बाह्र बर्षे शेल्री डुग्ड्रा मेलामा बिश्वमै ख्याती प्राप्त डाक्टर सम्दुक रुईत आउने भएका छन । यहि भाद्र १६ देखी १९ गतेसम्म हुने १२ बर्षे मेलामा आँखाको भगवानको रुपमा परिचित डाक्टर सम्दुक रुईतले शे मेला अवधिभर निशुल्क रुपमा आँखाको बिरामीको शल्यक्रिय गर्ने भएका छन । आँखाको शल्यक्रियाको लागि आनन्दसंघ फुलाहारी काठमाण्डौको आर्थिक सहयोग रहनेछ भने प्राबिधिक सहयोग तिलगंगा आँखा प्रतिष्ठान डाक्टर सम्दुक रुईत अनि शे मेला मुल आयोजक समिति रहेनेछ ।
आँखाको शल्यक्रिया गर्नको लागि बिरामीको पहिचान गर्ने तिनवटा टोली परिचालन हुनेछ । पहिलो टोली छार्का ताङसोङ गाउँपालिका,दोस्रो टोली काईके हुदै डोल्पोबुद्ध गाउँपालिका र तेस्रो टोली सुलिगार्ड हुदै शे-गुम्बा पुगेर शल्यक्रिया गर्ने आँखाका बिरामीको पहिचान गरिने ६७ औँ बाह्र बर्षे शेल्री डुग्ड्रा मेला प्राचारप्रसार समितिका संयोजक पेमावाङछेन गुरुङ्गले जानकारी दिए ।
गुरुङ्गका अनुसार डाक्टर सम्दुक रुईत दुनैबाट फोक्सुण्डो ताल सम्म पैदल यात्रा गर्ने र फोक्सुण्डोबाट शे-गुम्बा सम्म हेलिकप्टरबाट जाने कार्यक्रमको तालिका रहेको बताए । रुईतले मेला अवधिभर मात्रै नभएर आँखाका शल्यक्रिया गर्नुपर्ने सबै बिरामीको निशुल्क शल्यक्रिया गरेर मात्रै फर्कनेछन। बिश्वमा प्रसिद्ध आँखाका डाक्टर सम्दुक रुईतबाट निशुल्क उपचार पाउनु डोल्पाका नागरिकको लागि सुनौलो अवसर हुनेछ ।
यसका साथै ६७ औँ बाह्र बर्षे शेल्री डुग्ड्रा मेलामा बाैद्ध धर्मालम्बीहरुका ढिघुङ काक्यु ३७ औँ प्रसिद्ध धर्म गुरु ढिघुङक्यागोन छेप्साङ रिम्पोछे, बोन धर्म संकायको मेनरी पान्लोप रिम्पोछे र हुम्लामा जन्मीएका प्रसिद्ध अवतारी गुरु टुल्कु पेम्मा रिक्साल रिम्पोछेको उपस्थिति रहनेछ । यसका साथै प्रमुख अतिथिका रुपमा प्रधानमन्त्रीको समय मागेको र यदि प्रधानमन्त्रीको समय नभएको अबस्थामा कर्णाली प्रदेशका मुख्यमन्त्री र डोल्पा जिल्लाका मन्त्री माननिय सबैको बिषेश अतिथिका रुपमा उपस्थिति रहने प्रचारप्रशार संयोजक पेमावाङ्छेन गुरुङ्गले जानकारी दिए ।
पहिलो दिन बिहना १० बजे नेपाल सरकारका माननिय मन्त्रीहरु, माननियहरु तथा सरकारी तथा गैर सरकार संघ संस्थाका प्रतिनिधीहरुलाई आयोजक समिति र प्रतिनिधीहरुद्वारा स्वगत कार्यक्रम, बिहना ११ बजेदेखि १२ः३० सम्मा प्रमुख अतिथीद्वारा कार्यक्रमको औपचारिक समुत्घाटन कार्यक्रम गरिने ।
दोश्रो दिन-
बिहनैदेखि १० बजेसम्मा सम्पुर्ण तिर्थालुहरुद्वारा प्रसिद्द शेल्री डुग्ड्रा पर्वत र बीचमा भेटिने गुम्बाहरुको तिर्था कार्यक्रम,बिहना १०ः३० देखि ३७ औँ परमपुजनिय धर्म गुरु डिगुङ क्याब्गोन छेत्छाङ रिन्पोछे ज्युबाट पबित्र सचेतनाको प्रबचन तथा अनुशिक्षण कार्यक्रम,दिनको १ः४५ देखि ३७ औँ परम पुजनिय धर्म गुरु डिगुङ छेत्छाङ रिन्पोछेद्वारा पबित्र सचेतनाको अनुशिक्षण कार्यक्रम साथै दिर्घायु अभिषेक प्रदान गरिनेछ ।
तेश्रो दिन-
बिहना ८ः३० बजेदेखि धर्म गुरु पुजनिय छ्योक्टुल पेमा रिक्चाल रिन्पोछेद्वारा असंगद्वारा रचित पबित्र बोदिसात्वको ३७ अभ्यासको प्रशिक्षण कार्यक्रम,दिनको १ः४५ देखि पुजनिय धर्म गुरु क्याब्जे मेनरी पोन्लोप ठिन्ले ङिमा रिन्पोछेद्वारा बार्दो अनुशिक्षणको साथै अन्तमा ज्यारिमाको दिर्घायु अभिषेक प्रदान कार्यक्रम गरिने ।
चौथो दिन-
बिहना ८ः३० बजेदेखि धर्म गुरु पुजनिय छ्योक्टुल पेमा रिक्चाल रिन्पोछेद्वारा असंगद्वारा रचित पबित्र बोदिसात्वको ३७ अभ्यासको प्रशिक्षण कार्यक्रम,दिनको १ः४५ देखि धनु तिर तरन्जी खेल, घोडा धौड र अन्य बिभिन्न प्रकारका खेल मनोरञ्जन आयोजन गर्नुको साथै चिकित्स शिबिर ,आँखा शिबिर र शल्यक्रिय समेत गरिनेछ भने
पाँचौँ दिन-
बिहना ८ः३० बजेदेखि टुल्कु पेम्मा रिक्चाल रिन्पोछेद्वारा दिर्घायुको अभिषेक प्रदानको कार्यक्रम,दिनको १ः४५ देखि ४ः०० बजेसम्मा स्थानिय परमपरागत नाचगान प्रस्तुति र आँखा शिबिर संचालन,
छैटौँ दिन-
पुजनिय धर्म गुरुहरु र अतिथीहरुको बिदाई कार्यक्रम,दिनको १ बजेदेखि बिभिन्न स्थानिय परमपरागत नाचगान र साँस्कृतिक कार्यक्रमहरुको साथ साथै कार्यक्रमको औपचारिक समापनको कार्यक्रम
६७ औँ बाह्र बर्षे शेल्री डुग्ड्रा मेलामा शे-फोक्सुण्डो गाउँपालिका वडा नम्बर ३ को शेल गुम्बामा २०८१ भाद्र १६ देखी १९ गतेसम्म बाह्र बर्षे मेला लाग्ने भएको छ । बौद्ध धर्मालम्बीहरुले अति महत्वपूर्ण र ठुलो तिर्थस्थलका रुपमा पनि लिने गरेको पाईन्छ । शेल रिवो डुग्ड्रा शे मेला भोट बर्मेली बौद्ध पात्रो अनुसार १२ बर्षमा एक पटक लाग्ने डोल्पाको सबैभन्दा ठुलो र महत्वपूर्ण मेला हो । यो मेलामा शेल रिवो डुग्ड्रा पर्वत (क्रष्टल माउण्टेन) को परिक्रमा गर्ने अर्थात (कोरा) घुम्ने गरिन्छ ।