डोल्पाका स्वास्थ्य संस्थाहरु तथ्याङ्कमा सुधार

जैतुन अनलाइन | 2024-07-06

असार २२,

डोल्पा : पछिल्लो बर्षमा हेर्दा डोल्पामा स्वास्थ्यको तथ्याङ्कमा सुधार भएको पाइएको छ । सरकारले हरेक स्वास्थ्य संस्थाले गरेको कामको विवरण अनलाईन मार्फत राख्न थालेपछि डोल्पामा पनि यस्को प्रभाब सकारात्मक परेको एक तथ्यकङ्कले देखाएको छ । शुक्रबार स्वास्थ्य सेवा कार्यालय डोल्पाले जिल्लाका सञ्चारकर्मिहरुसंग गरेको अन्तरक्रियमा यस्तो तथ्याङ्क सार्वजानिक गरिएको थियो ।

पहिलोपटक डोल्पा जिल्लामा युएसएआईडीको आर्थिक सहयोग र कर्णाली प्रदेश सरकारको सक्रियतामा  जिल्लाका २३ वटा स्वास्थ्य चौकिमा जिपिएस प्रणाली जडान गरिएको छ । जसको कारणा कुन स्थानमा स्वास्थ्य चौकि छन भन्ने कुरा बिश्वको कुनैपनि कुनाबाट सहजै जानकारी लिन सकिनेछ भने आगामा दिनमा स्वास्थ्य चौकिको बारेमा थप विवरण समेत त्यहिबाट लिन सकिने स्वास्थ्य सेवा कार्यालय डोल्पाको दावी छ ।

 

स्वास्थ्य सेवा कार्यालयको तथ्याङ्क अनुसार  HMIS र eLMIS अनलाइनमा  जिल्लाको अवस्था ९१.७% र स्वास्थ सस्थाको रिपोर्टिङ ८७:७% छ । दैनिक ४४ जनाले अस्पतालबाट र  स्वास्थ चौकीबाट १०६ जनाले सेवा लिने गरेका छन । बिसिजी कभरेज घटेको छ । सिघ्र कुपोषण १२ जना क्याल्सियम चक्की पाएका महिला ५७% छ यसले महिलाको स्वास्थमा सुधार भएको पाइएको छ । बच्चा जन्मेदेखी २३ महिना सम्म चेकजाँचको लागिऔसत स्वास्थ सस्था जानेमा सबैभन्दा कम जाने काइके ३.७% सबैभन्दा धेरै जानेमा त्रिपुारा सुन्दरीमा २०.६०%  रहेको पाईएको छ ।

पोषण कार्यक्रममा हेर्दा झाडापखालाका बालबालिका ४७१ प्रति  हजारमा छन भने गर्भवती जाँच गराउनेमा हेर्दा काइके गाउँपालिकामा धेरै राम्रो रहेको छ ।  हालसम्म डोल्पामा जिल्लामा बर्थिङ सेन्टरमा ४२६ जनाले सेवा लिएका छन ।  उच्च रक्तचाप ३६६ जना  ।

डोल्पा जिल्लामा स्वास्थ्य चौकी २३ वटा, आधारभूत स्वास्थ्य केन्द्र १२ वटा, सामुदायिक स्वस्थ्य ईकाई ६ वटा रहेका छन । स्वस्थ्य सेवा कार्यालय डोल्पाले यस आ.ब मा गाउँघर क्लिनिक ६३ वटा, खोप क्लिनिक ७६ वटा संचालन गरेको छ । जिल्लामा समुदायिक महिला स्वस्थ्य स्वयंसेविका २ सय ७ जना रहेका छन । प्रयोग शाला भएका स्वस्थ्य संस्था २ वटा रहेका छन । बर्थिङ सेन्टर १६ वटा, किशोरी मैत्री स्वस्थ्य संस्था १७ वटा, विधालय नर्श ५ वटा, जिल्लाभर कार्यरत नर्स ४३ जना रहेको स्वस्थ्य सेवा कार्यालय डोल्पाले जनाएको छ ।

यस आवमा जिल्लाका विभिन्न स्वस्थ्य संस्थाहरुबाट ९० प्रतिशतले विभिन्न प्रकारका खोप लगाएको जानाईएको छ । यस्तै जिल्ला अस्पताल डोल्पाबाट पुरानो ६४ प्रतिशत र नयाँ ५५ प्रतिशतले ओपिडी सामान्य चेकजाँच गर्ने गरेको पाईएको छ । जिल्ला अस्पताल डोल्पामा हाल १० जना चिकित्सकले विभिन्न रोगका विरामी चेकजाँच गर्ने गरेको जिल्ला अस्पताल डोल्पाका चिकित्शा शाखा प्रमुख डाक्ट अखण्ड उपाध्यायले बताउनुभयो ।

डाक्टर उपाध्यायको अनुसार नवनिर्मित भवनमा १५ सैया बेडबाट उपचार भैरहेकोले यसलाई कसरी थप गरि २५ सैयामा लैजान सकिन्छ भन्नेमा सम्बन्धीत निकायले सोच्नुपर्ने देखिन्छ । तथ्यांक अनुसार जिल्ला अस्पताल डोल्पामा सवैभन्दा बढि महिलामा समस्या भएका विरामी आउने गरेको पाईएको छ । जिल्ला अस्पताल डोल्पामा डरबन्दी अनुसार चिकित्शक नरहेको पनि पाईएको छ ।