असार २१,
सुर्खेत : कर्णाली प्रदेश सरकार भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले कुनैपनि योजना नदोहोरिने गरी योजना छनौट गरिएको मन्त्री बुढाको दावी। आगामि आर्थिक बर्ष २०८१/०८२ को लागि बिनियोजित बजेट संघिय सरकारका योजनाहरुसंग नदोहोरिनेगरी बजेट विनियोजन भएको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री शेर बहादुर बुढाले बताए ।
बिहिबार कर्णाली प्रदेश सरकारको संसदमा उठेका प्रश्नको जवाफ दिदै मन्त्री बुढाले भने केहि जिल्लामा बजेट सन्तुलित विनियोजन नभएको भन्ने प्रश्नमा सत्यता रहेपनि संघिय सरकारले गरेको बजेट विनियोजनका आधारमा प्रदेशले कार्वान्यवन नहुने ठहर गरी बजेट विनियोजन नभएको जानकारी दिए । मन्त्री बुढाको दावी छ हामीले मन्त्रीको जिल्लामा केन्द्रित र शक्तिका आधारमा योजना छनौट गरि बजेट विनियोजन गरिएको छैन ।
यसै आर्थिक बर्षमा सम्पन्न हुने बहुबर्षे देखी अन्य क्रमागत योजनाहरुमा बजेट विनियोजन नगरिएको मन्त्री बुढाले संसदमा प्रश्नको जवाफ दिए । भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले ३० लाख भन्दा तलका कुनैपनि योजना छनौट नगरेको र जिल्लाबाट सिफारिस भएर आएका योजनाहरु प्राथमिकतामा राखेर वजेट ब्यवस्था गरिएको मन्त्री बुढाले ठोकुवा गरे ।
कर्णाली प्रदेशका भेरी करिडोर,कर्णाली करिडोर जस्ता ठुला सड्कहरुमा प्रदेश सरकारले बजेट नराखेको प्रश्नको जवाफमा मन्त्री बुढाले भने यि करिडोरमा प्रदेश सरकारले विनियोजन गरेको बजेट खर्च नहुने र संघिय सरकारसंग दोहोरो हुने भएकोले बजेट विनियोजन नगरिएको प्रष्ट पारे । जाजरकोट डोल्पा हुदै चिनको मरिम्ला सम्म जोड्ने भेरी करिडोर हुम्ला हुदै हिल्ला सम्म जोडिने कर्णाली करिडोर हाल पनि निकै कष्टकर भएपनि संघिय सरकरको पहिलो प्राथमिकतामा परेकोले प्रदेश सरकारले बजेट व्यवस्था नगरेको मन्त्री बुढाले संसदमा जानकारी गराए ।
केहि सांसदहरुले बजेट किनवेच गरिएको भन्ने प्रश्नको जवाफमा मन्त्री बुढाले भने यसमा कुनै सत्यता छैन यदि मन्त्रालय,सचिवालयबाट वा कुनै ब्यक्तिबाट त्यसो नगरिएको र गलत गरेको पाईएमा कारवाही गर्छु । भौतिक पूर्वाधार मन्त्रालयले योजना छनौट गर्नुभन्दा पहिला ९ जिल्लाका कार्यालय प्रमुख,यातायात,निर्देशनालय र मन्त्रालयले बृहत छलफल गरेर योजना छनौट गरेकोले योजना र बजेट न्यायोचित र जनमुखि रहेको मन्त्री बुढाको जिकिर छ ।
यसका साथै कर्णाली करिडोर र भेरी करिडोर निर्माणको लागि संघिय सरकारसंग सहकार्य तथा समन्वय गरेर निर्माणमा तिव्रता दिनुका साथै सहज यातायात गराउन सधैभ लागि रहेने बिश्वास दिलाए । यस बर्ष बजेट विनियोजन हुन नसकेको योजनाहरुलाइ आगामि आर्थिक बर्षमा पहिलो प्राथमिकतामा राखेर बजेट बिनियोजन गरिने मन्त्री बुढाले जानकारी गराए ।