असार १९,
त्रिपुराकोट :घरधनीले वडा कार्यालयमा ताला लगाएका छन । डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका १ को वडा कार्यालयमा घर धनिले ताला लगाएका हुन । घर बेचेकाे ६ वर्षसम्म पनि जग्गाको रकम नपाएको भन्दै घरधनी हरिचन्द्र हमालले वडा कार्यालयमा ताला लगाएका हुन । हमालले त्रिपुरा सुन्दरी नगरपालिका वडा नम्बर १ लाई आफैले निर्माण गरेको घर १८ लाख रुपैयामा बेचेका थिए ।
हमालले वडा कार्यालयलाई घर बेचेकाे छ बर्षसम्म पनि पाउनु पर्ने १८ लाख रकम नपाएको र पटक पटक नगरपालिका र वडा कार्यालयमा निवेदन दिदा समेत घरको रकम नपाएपछि तालाबन्दी गर्न बाध्य भएकाे हमालको दावी छ । हमालले वडा कार्यालयलाई बेचेको भवनको मुआब्जा स्वरुप १८ लाख पाउनेमा नगरपालिकाले १२ लाख र बाँकी ६ लाख वडाले भुक्तानी गर्नुपर्ने लिखित सहमति भएको भएपनि ६ बर्ष बितिसक्दा कुनै रकम नपाएको घरधनि हमालले निबेदनमा उल्लेख गरेकाछन ।
त्रिपुरा सुन्दरी नगरपालिका १ का पहिलाे वडाअध्यक्ष कर्मसि थापाकाे पालामा पेश्की स्वरुप ६ लाख रुपिया मात्र घरधनी हमाललाई बुझाइएको छ । वडाध्यक्ष रामचन्द्र कुलालले वडामा रकम नभएकाले भुक्तानी गर्न नसकिएकाे बताउदै तालाबन्दी सम्बन्धि जिज्ञासा राख्दा ताला लाग्न दिए हुन्छ भन्दै हल्का रुपमा लिएका छन।दैनिक सर्वसाधारणको भीड भाड हुने वडा कार्यालयमा तालाबन्दी भएपछि सेवाप्रवाहा प्रभावित बनेकाे छ ।
घरधनि हमालले निर्माण गरेको घर नगरपालिकाको क्षेत्रभित्र रहेको र उक्त घर प्रकृया मिलाएर मुआब्जा दिएर नगरपालिकाले वडा कार्यालय स्थापना गरेको नगरपालिकाको दावी रहेको छ । यता घरधनिले भने मुआब्जा भनेर निर्णय गरेको रकम समेत नपाएको भनेर ताला लगाएका छन ।