लेख बुढा
असार १३,
दुनै : डोल्पाको सदरमुकाम दुनै बजार बाढीको उच्च जोखिममा रहेको छ । ठुलीभेरी नदिको किनारामा रहेको सदरमुकाम दुनै बजार आसपासका खहरे खोलामा बाढी आउदा विगत पटक पटक भौतिक संरचनामा क्षति हुने गरेको छ । बुधबार साँझ तिप्ला खोलामा बाढि आउदा घरकम क्षति धएबो छ । बाढि दिउसो आएको र मानिसहरु घर बाहिर भएको हुदा मानवीय क्षति भने भएको छैन ।
यहि असार १२ बुधबार साझ ४ बजे तिर ठुलीभेरी नगरपालिका वडा नं. ३ र ४ मा पर्ने तिप्ला खोलामा बाढी आउदा ठुलीभेरी ३ निवासी महेश कुमार हमाल र चाँद हमालको लाखौँ खर्चेर बनाएका घरमा क्षति भएको छ । करिब २० मिनेटको समयमा आएको आकाशे पानीले तिप्ला खोलामा बाढी आएको हो । बाढीले दुई वटा घर पूर्णरुपमा क्षति भएको छ भने अन्नबाली,स्याउँ, ओखर सुन्तला, कागती लगाएताका विरुवा बाढीले बगाएको छ ।
बुधबार साँझ तिप्ला खोलाबाट आएको बाढीले दुई घर हमाल परिवारले बनाएको बर्षौ पुरानो निजि बनमा समेत पूर्ण रुपले क्षति भएको छ । सदरमुकाम दुनै नजिकै तिप्ला खोला आसपासमा पुस्तौ देखि बस्दै आएको घर जग्गा अन्नबाली बोटविरुवा निजि वनमा पुर्ण रुपमा क्षति हुदा घरबार विहिन भएको स्थानीय बाढि पिडित रुकमणी हमालले बताईन ।
हमालले आँशुका धारा बगाउदै भनिन्, मनपरी सडक खन्दा हाम्रो सबै बाढीले लियो। खोलामा अझै सडक खन्दा खसेको ढुँगा माटो भएकोले हाम्रो घरबार मात्र नभई यहाँको सदरमुकाम दुनै बजार पनि लिन्छ कि भन्ने तिन्ता छ । ठुलीभेरी नगरपालिका वडा नं. ४ मा पर्ने तिप्ला गाउँ जाने सडक निर्माण गर्ने क्रममा मनपरि उत्खनन् गर्दा तिप्ला खोला आसपासका क्षेत्र उच्च जोखिममा रहेको हो । कुनै पनि वातावरणीय मुल्यांकन नगरि जबरजस्ती तिप्ला खोला क्षेत्रबाट सडक निर्माण गर्दा आफ्नो घरमा क्षति भएको र सदरमुकाम नै उच्च जोखिममा रहेको स्थानीय बाढी पिडित चाँद हमालले बताए ।
कुनै व्यक्तीको निहित स्वार्थ, पहुँच र पावरको भरमा राज्यको सम्पती दुरुपयोग गर्दै सडक उत्खनन् गर्दा अहिले दुनै बासीनै त्रासमा बस्नु परेको हमालले बताएका छन । शक्तिको द्रुपयोग गरेर सड्क निर्माण गरेकोले अहिले जनताले दुख पाउनु परेको हमालको आरोप छ । पूर्वाधार विकास कार्यालय डोल्पा मार्फत दुनै बजार देखि ठुलीभेरी नगरपालिका – ४ तिप्ला जाने सडक निर्माण कार्यकोलागि करोडौँ खर्च भैसकेको छ । तर गाउँमा भने अझै सडकले छुन सकेको छैन ।
उक्त स्थानबाट सडक उत्खनन् गर्दा तिप्ला खोला आसपास र सदरमुकाम दुनै बजार नै उच्च जोमिममा पर्ने र प्राकृतिक सौन्दर्य ह्रास हुने भन्दै कतिपए जानकारहरुले सडक निर्माणकार्य पहिलै रोक्न सुझब दिएका थिए । बुधबार साँझ तिप्ला खोलामा आएको बाढीले पुर्याएको क्षति बारे अवलोकन गर्दै विपद व्यवस्थापन समितिको निर्णय अनुसार पूर्वाधार विकास कार्यालयबाट पिडितलाई आवश्यक सहयोगको पहल गरिने पूर्वाधार विकास कार्यालय डोल्पाका प्रमुख टके हितानले बताए ।
बर्खाको समयमा ठुलो बर्षा हुने र थप ठुलो क्षति हुन सक्ने भन्दै सम्बन्धीत सवै सरोकारवाला निकायले रोकथामको लागि आवश्यक पहल गर्न जरुरी रहेको उनले बताए । डोल्पाको सदरमुकाम दुनै बजार आन्तरिक तथा बाह्रय पर्यटकहरुको लागि मुख्य गन्तव्य र आकर्षकको केन्द्र हो । दुनै बजार आसपास माथिल्लो भागमा सुख्खा खाली भिरालो जमिन भएको हुदा पनि हरेक बर्ष बर्खाको समयमा विभिन्न खहरे खोलामा बाढि आउने गर्दछ। दुनै बजारलाई बाढीको जोखिमबाट रोक्न, मनपरि डोजरे सडक उत्खनन् रोक्ने, ठुलीभेरि नदिलाई अतिक्रमणबाट रोक्ने , बोटविरुवा लगाउनमा जोड दिनुपर्ने बुद्धिजिबिहरु बताउछन ।