ठुलीभेरी नगरपालिकाले नगर बस संचालन गर्ने ४८ कराेड भन्दा बढी बजेट बिनियोजन,

जैतुन अनलाइन | 2024-06-25

असार ११,

डाेल्पा : ठुलीभेरी नगरपालिकाले आगामी आर्थिक बर्षमा नगर बस सञ्चालन गर्ने भएको छ । ठुलीभेरी नगरपालिकाले १३ ‍औँ नगरसभाले असार १० गते  आर्थिक बर्ष २०८१/०८२ का लागि प्रस्तुत गरेको बजेटमा नगर बस पहिलो प्राथमिकतामा राखिएको छ । कुल  ४८ करोड २ लाख ४८ हजार बराबरको बजेट ल्याउदा नगर बस पहिलो प्राथमिकतामा राखिएको हो  । कुल बजेटमा चालु तर्फ रु २९ करोड ८५ लाख ३४ हजार बजेट बिनियोजन भएको छ भने पुँजीगत तर्फ १८ करोड १७ लाख १४ हजार बजेट बिनियोजन गरिएको ठुलीभेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत सन्तोष कुमार खड्काले जानकारी दिए ।

ठुलिभेरीले पहिलाे पटक नगरबासिलाई राहत हुने गरि नगरबस संचालनका लागि बजेट विनियाेजन संगै  शिक्षा,स्वास्थ्य र कृषि  क्षेत्रलाइ प्राथामिकता दिइएको  छ । अन्य सबै कुरा प्राथमिकतामा छन तर नगर बस यस नगरपालिकाको पहिलो प्राथमिकता  भएको नगर प्रमुख श्वर्ण कुमार बुढाको दावी छ । नगरप्रमुख बुढाका अनुसार नागरिकका सहजताको लागि नगर बस सञ्चालन गर्ने लक्ष्यका साथ आगामी आर्थिक बर्षमा नगर बस सञ्चालन गरिने बताए । यस बाट नगरपालिकाको आम्दानी पनि हुने र नागरिकले सहज यात्रा समेत गर्न पाउने छन ।

१३ औं  नगरसभालाई सम्बाेधन गर्दै ठुलीभेरी नगरपालिका  नगरप्रमुख सुवर्ण कुमार बुढाले नागरिकले स्थानीय सरकार भएकाे प्रत्यक्ष अनुभूति महशुस गर्ने गरि नगरवासिले सस्ताे भाडामा यात्रा गर्न पाउन र असक्षम अशक्त र आर्थिक विपन्नहरुले  निशुल्क यात्रा गर्न सकुन भनेर नगर बस संचालनमा ल्याउने गरि वजेट ल्याइएकाे बताएका छन । पहिलाे चरणमा जुफाल देखि दुनै र  दुनै देखि जुफाल सम्म नागरिकलाई आवतजावत गर्ने गरि नगरबस संचालनमा ल्याइने प्रमुख बुढाले बताए । ठुलीभेरी नगरपालिका नगर उपप्रमुख छिरिङ टाेल्मा महतकाे सहमतिमा वडा नं. १ का वडा अध्यक्ष तेजेन्द्र बहादुर राेकायाले बजेट प्रस्तुत गरेका थिए ।