त्रिपुरसुन्दरी नगरपालिकाको ५५ करोड भन्दा धेरै बजेट बिनियोजन एकिकृत घुम्ती सेवा पहिलो प्राथमिकतामा

जैतुन अनलाइन | 2024-06-25

असार ११,

डोल्पा :  त्रिपुरसुन्दरी नगरपालिका मा ५५करोड़ २१ लाख ४३हजार २२७ बजेट पारित भएको छ । त्रिपुरा सुन्दरी नगरपालिकाको ११ ‍औँ नगरसभाले बिभिन्न बिषयलाई प्राथमिकतामा राखेर बजेट प्रस्तुत गरेको हो । आगामाी आर्थिक बर्ष २०८१/०८२ का लागि  कुल बजेट मध्य १६ करोड़ ८१ लाख पूजिगत र ४० करोड़ ३८ लाख ४३ हजार २२७ चालूमा बिनियोजन भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत हिराचन्द्र धरालाले जानकारी दिए ।

शिक्षा,स्वास्थ्य,खेलकुद,खानेपानी,रोजगारलाइ बिषेश प्राथमिकतामा राखेर बजेट बिनियोजन गरिएको छ । आगामी आर्थिक बर्षमा नगरपालिका भित्रका सबै वडामा एकिकृत घुम्ती शिवीर सञ्चालन गरिनेछ । नागरिकलाई हरेक सेवा घरमै पुगेर दैलोमा दिनेगरी पहिलो प्राथमिकतामा हरेक वडाका बस्तिहरुमा एकिकृत घुम्ती शिविर सञ्चालन गरिने नगरप्रमुख जनचन्द्र रोकायाले बताए ।

यस आर्थिक बर्षमा अधुरा रहेका योजनाहरुलाई सम्पन्न गराउने र हरेक वडाको बस्तस्थिति हेरी आवास्यक्ताको आधारमा बजेट बिनियोजन गरेको नगरप्रमुख रोकायाको दावी रहेको छ । नगर उप्रमुख देबी घर्तिले ११ औँ नगरसभामा पेश गरेको बजेट सर्वसम्मत पारित भएको छ । अधिकाँश स्थानीयतहको बजेट हेर्दा शिक्षा,स्वास्थ्यलाइ नै प्राथमिकता दिएको पाईएको छ ।