काईकेको शिक्षा तथा खेलकुद शाखाबाट उत्कृष्ट बिद्यालय,प्रधानाध्यापक र शिक्षक सम्मानित

जैतुन अनलाइन | 2024-06-25

असार ११,

डोल्पा : काईके गाउँपालिकाको शिक्षा तथा खेलकुद शाखाले पालिका भित्रका बिद्यालय,प्रधानाध्यापक र शिक्षकलाई सम्मान गरेको छ । १४औँ गाउँसभामा काईके गाउँपालिका भित्रका १४ वटा बिद्यालय मध्यबाट उत्कृष्ट बिद्यालयमा सुन्दरेशेर्पा आधारभुत बिद्यालय टुप्पाताराको बिद्यालय नगद ५० हजार सहित सम्मानीत भएको छ । बिद्यालय क्षेत्रको सबै खाले मापदण्डमा सुन्दरेसेर्पा आधारभुत बिद्यालय छनौटमा परेको शिक्षा तथा खेलकुद शाखा प्रमुख गोविन्द घर्तिले जानकारी दिए ।

त्यसैगरी पालिकामा कार्यरत प्रधानाध्यापकहरु मध्यबाट पुर्ण बुढा नगद ५ हजार सहित सम्मानीत भएका छन भने उत्कृष्ट शिक्षिकामा ईन्द्र कुमार पुन नगद ५ हजार सहित सम्मानीत भएकी हुन । हरेक बर्ष सम्मान गर्दै भएको शिक्षा शाखाले यो बर्ष पनि सबै मापदण्ड पुरा गरि सम्मानका लागि छनौट गरेकोले आगामी बर्षमा अन्य शिक्षकहरुले समेत सम्मानीत हुने गरि शिक्षण गराउन शिक्षा तथा खेलकुद शाखा प्रमुख घर्तिले आग्रह गरे ।

भौगलीक हिसाबले धेरै नै बिकट रहेको काईकेमा शिक्षा क्षेत्रमा पालिकाले गरेको लगानी सहि रुपमा सदुपयोग भएकोले अझै थप शसक्त बनाउन जरुरी रहेको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत सम्झना पराजुलीले आग्रह गरिन । कर्मचारी,शिक्षक सबैले सेवा प्रदानमा राम्रो भुमिका निभएकोले पनि स्थानीय सरकार सफलता तिर गएको हुदा आगामी दिनमा पनि उच्च मनोवलका साथ काम गर्नपर्ने भन्दै गाउँपालिका अध्यक्ष अंगद रानाले सबैलाई सानत्वना दिए ।