आफुले पढेको बिद्यालयमा शहरी विकास मन्त्री बुढाद्धारा करोडौ रकम विनियोजन

जैतुन अनलाइन | 2024-06-12

डोल्पा : संघिय सरकारका शहरी विकास मन्त्री धन बहादुर बुढाले आफुले अध्ययन गरेको बिद्यालयमा लाखौ बजेट विनियोजन गरेका छन । आफुले बाल्यकालमा अध्ययन गरेको  सरस्वती माध्यामिक बिद्यालय दुनैमा भौतिक संरचना निर्माणको लागि ५० लाख रकम बिनियोजन गरेका हुन । सरस्वती माध्यामिक विद्यालय दुनैको आवासिय भवन निर्माणको लागि पचास लाख रकम विनियोजन भएको हो ।

आगामि आर्थिक बर्षमा कार्यावन्यनमा आउने बजेट शहरी विकास मन्त्री धन बहादुर बुढाले आफ्नो निर्वाचन क्षेत्र गृह जिल्ला डोल्पामा २ सय भन्दा धेरै योजनहरु समाबेश गराएका छन । यिनै योजना भित्र जिल्लामा रहेका माध्यामिक बिद्यालय र क्याम्पसमा आवाश्यकता हेरी बजेट बिनियोजन गरेको शहरी बिकास मन्त्री बुढाले बताए ।

मन्त्री बुढाका अनुसार सरस्वती माध्यामिक बिद्यालयमा ५० लाख,आदर्श माबि जुफालमा प्राबिधिक धारको लागि ५० लाख,डोल्पो क्याम्पस ५० लाख,लिकु संयुक्त क्याम्पस १ करोड र त्रिपुरा माध्यामिक बिद्यालय काईगाउँमा भवन निर्माणको लागि १ करोड बिनियोजन गरिएको छ । नयाँ आर्थक बर्षको लागि संघिय सरकारले ल्याएको बजेटमा शहरी बिकास मन्त्रालयबाट झापा,गोर्खा,रोल्पा र डोल्पामा सबैभन्दा धेरै बजेट विनियोजन गरेको छ ।

त्रिपुरा माबि काईगाउँमा आगलागिबाट छात्रवास जलेर नष्ट भएपछि नयाँ निर्माणको लागि १ करोड बिनियोजन गरेको र जिल्लाभर आवास्यकता अनुसार सबै क्षेत्र समेट्नेगरी बजेट विनियोजन गरेको मन्त्री बुढाको दावि रहेको छ । मन्त्री बुढा भन्छन मैले आफुले‍ पाएको जिम्मेवारी पुरा गरेको छु बजेट कर्यान्वयन जनताको हातमा रहेको छ यो अवसरको सुहि सदुपयोग गर्न सबैलाई आग्रह गर्दछु ।