नेपाल टेलीकमको एनटी फाईवर पुग्ने डोल्पा ७५औँ जिल्ला : अनलाईनबाटै सञ्चारमन्त्री शर्माद्धारा उद्घाटन

जैतुन अनलाइन | 2024-04-14

बैशाख ०२,

डोल्पा : नेपाल टेलीकमको (एफटिटिएच) प्रबिधिको (एनटि) फाइवरमा डोल्पा पनि जोडिएको छ । आईतबार बिहान ११ बजे सञ्चार तथा सूचना प्रबिधि मन्त्री रेखा शर्माले अनलाईनबाटै यो प्रबिधिको उद्धघाटन गरेकि हुन । नेपाल टेलीकमको (एफटिटिएच) प्रबिधिको (एनटि) फाइवरमा जोडिनेमा डोल्पा ७५औँ जिल्लामा परेको छ । रेडियो लिङ्कबाटै प्रदान गरिने द्रुत गतिको ईन्टरनेट सेवा (एफटिटिएच) प्रबिधिको (एनटि) फाइवरमा ग्राहकले बार्षिक ७ हजार ९ सय ९९ मा ५ एमबिपिइसको द्रुत ईन्टरनेट सुबिधा सहित सिपिई समेत निशुल्क पाउनेछन ।

 

भौगलीक रुपमा ठुलो जिल्ला भएको कारण पहिलोपटक सदरमुकाम दुनैबाट यो (एफटिटिएच) प्रबिधिको (एनटि) फाइवर सेवाको उद्धघाटन गरिएको नेपाल टेलीकम प्रदेशिक निर्देशनालय सुर्खेतले जानकारी दिएको छ । आईतबार यो सेवाको उद्धघाटन भएसँगै (एफटिटिएच) प्रबिधिको (एनटि) फाइवर प्रयोग गर्ने पहिलो ग्राहक जिल्ला समन्वय समिति रहेको दुरसञ्चार कार्यालय डोल्पाका प्रमुख दयाबिक्रम केसिले जानकारी दिए । केसिका अनुसार जिल्ला समन्वय प्रमुख श्याम बहादुर रोकायालाई सिपिई हस्तान्तरण गर्दै डोल्पामा (एफटिटिएच) प्रबिधिको (एनटि) फाइवर सेवा सुरु भएको बताए ।

हाल डोल्पा सदरमुकाम दुनैमा यो सेवा लिने ग्राहक २ सय भन्दा धेरै रहेकाछन भने नयाँ पनि थप हुने दुरसञ्चार कार्यालयको तथ्याङ्कमा उल्लेख रहेको छ तर यो सेवा डोल्पामा १ हजार २४ जना ग्राहकलाई दिन मिल्नेछ । डोल्पा सदरमुकाममा (एफटिटिएच) प्रबिधिको (एनटि) फाइवर सेवा पाएकोमा खुसि ब्यक्त गर्दै जिल्ला समन्वय समितिका प्रमुख श्याम बहादुर रोकायले भने यति सेवामा धेरै खुसि हुनुपर्ने कास कारण छैन किनकी जिल्लाका धेरै नागरिकले सञ्चार सेवा अझै भरपर्दो पाउन सकेका छैनन । सेवा प्रदायक निकाय र सरकारले यस्ता कुरामा गम्भीरता पुर्वक लिनुपर्ने रोकायले सुझाब दिए ।

सञ्चारले फड्को मारि रहेको बेलामा डोल्पामा यो सेवा पाउनु निकै खुसिको कुरा भएको र अब जिल्लाका सबै क्षेत्रमा सञ्चारको पहुचमा जोड्न सरकारलाई बारम्बार खबरदारी गरि रहेको पुर्व शान्ती मन्त्री सत्या पहाडीले बताइन । पहाडीले भनिन डोल्पामा मात्रै हैन कर्णालीमा सञ्चारको पहुच कम छ सरकारले सञ्चार सेवाको बिस्तारमा तिव्रता दिनुपर्छ ।

निकै अथक र तिब्र गतिमा काम गरेर डोल्पाको सदरमुकाम सम्म (एफटिटिएच) प्रबिधिको (एनटि) फाइवरको सुरुवात गर्न सकिएकोले अब पुरै जिल्लाभर नै सेवा बिस्तारमा लाग्ने सञ्चार तथा सूचना प्रबिधि मन्त्री रेखा शर्माले बताइन । मन्त्री शर्माले भनिनि अब छिट्टै कर्णालीका मुगु र हुम्लामा पनि सेवा बिस्तार हुनेछ भने डोल्पामा माथिल्लो डोल्पाको शे गुम्बामा हुने शेल्री डुग्ड्रा मेला सम्म बैकल्पीक सञ्चारको ब्यवस्था समेत गरेर भएपनि पर्यटकलाई सेवा प्रदान गर्ने प्रतिबद्धता जनाईन । डोल्पामा सञ्चार क्षेत्रमा समस्या धेरै छन तर सेवा प्रदायक निकाय निरन्तर सञ्चारको पहुचमा बृद्धि गरि नागरिकलाई सूचना दिने कुरमा गम्भिरतापुर्वक लागेको र बाँकि रहेका सञ्चार क्षेत्रका काम पनि तत्काल हुने बिश्वस्त हुन दुरसञ्चारका अध्यक्ष रामकृष्ण सुबेदीले सबैलाई आग्रह गरे । सुवेदीले भने अब छिट्टै सबै क्षेत्रमा सहज र सुलभ सञ्चार पुग्नेछ काम तिव्र हुदैछ ।