‘रातो किताब’को पोष्टर सार्वजानीक : म्युजिक भिडियो बैशाख १३ मा रिलिज हुने ।

जैतुन अनलाइन | 2024-04-13

बैशाख ०१,

डोल्पा : चर्चित गायक सुरज पण्डितको ‘रातो किताब’को पोष्टर सार्वजानीक भएको छ । नयाँ बर्षको अवसरमा डोल्पाको बिभिन्न क्षेत्रमा छायाँङ्कन गरिएको कर्णालीको कथा बोकेको म्युजिक भिडियो ‘रातो किताब’को पोष्टर सार्वजानिक गरिएको हो । माता त्रिपुरा सुन्दरी मिडिया हबको सहकार्यमा चर्चित गायक सुरज पण्डित र मोडलिङ् क्षेत्रमा निकै ख्याति कमाएका लक्षमण देभकोटाको साँगितिक कोशेली हो ‘रातो किताब’ ।

रेलको बाटोको अपार सफलतापछी सुरजको रातो किताब , भिडियोमा लक्ष्मण देबकोटा र सुस्मिता कुवंर फिचर्ड चर्चित गीत रेलको बाटो र सिंहदरबार को अपार सफलता पछि सुरज पण्डितको शब्द , सङ्गीत र आवाजमा रातो किताब सार्बजनिक हुने भएको छ । नयां बर्षको अवसर पारेर निर्माण पक्षले पोस्टर सार्बजनिक गर्दै गीत को भिडियो बैशाख १३ गते सार्वजनिक हुने जानकारी गराएको छ ।

रेलको बाटो गीतकै निर्देशक लक्ष्मण सुनारको निर्देशन रहेको भिडियोमा लक्ष्मण देबकोटा र सुस्मिता कुवंरको साथमा वसन्त उदास , एन्जिला पन्थी , टेक शाही लगाएतको अभिनय रहेको छ । लक्ष्मण देबकोटाले यसअगाडि रेलको बाटो , नुनको भारी लगाएत गीतमा अभिनय गरिसकेका छन भने सुस्मिता लाई चर्चित टेलि शृङ्खला सक्किगो नि मा देख्न सकिन्छ । रेलको बाटो टिमको बाहुल्यता रहेको रातो किताबको छायांकन पनि दुर्गम जिल्ला डोल्पामा गरिएको हो । भिडियोका छायांकार बिजय भण्डारी हुन । यो म्युजिक भिडियोले डोल्पामा चलचित्र तथा म्युजिक भिडियो छायाँङ्कनका लागि स्थान राम्रो छ भन्ने समेत देखाउने अपेक्षा गरिएको छ ।