जुफाल बिमानस्थलको धावनमार्ग सु्धार सम्पन्न ।

जैतुन अनलाइन | 2024-04-12

चैत्र ३०,

डोल्पा : डोल्पाको जुफाल बिमानस्थल मर्मतको काम सम्पन्न भएको छ । नेपाल नागरिक उड्यन प्राधिकरण यरोड्रम ईन्जिनियरिङ्ग बिभाग डोल्पा (जुफाल) आयोजनाले शुक्रबार डोल्पा नागरिक उड्यन कार्यालयलाई पत्राचार गर्दै बिमानस्थलको मर्मत कार्य सम्पन्न भएको जनाएको हो । धावनमार्ग सुधार आयोजना प्रमुख बिरप्रसाद शाहीले डोल्पाको जुफाल बिमानस्थलको धावनमार्गको सुधार अर्थात मर्मत चैत्त २९ गते सम्पन्न भएको र अब यो बिमानस्थलमा जहाज उडान गर्न प्राबिधिक रुपमा सहि रहेको पुष्टि गरेका हुन ।

कुल ५ सय ६० मिटर लम्बाई  धावनमार्ग रहेको जुफाल बिमानस्थलको दुबैतिरको मागमा गरि १ सय ८० मिटर धावनमार्ग सुधारको लागि आजीवन मरिङ तामाङ जेबिले निर्माणको जिम्मा पाएकोमा तोकिएको मिति भन्दा अगावै धावनमार्गको सुधार सम्पन्न गरेरह जहाज सञ्चालन गर्न मिल्ने बनाएको आयोजना प्रमुख बिरप्रसाद शाहीले जानकारी दिए । फागुनको १५ गतेदेखी धावनमार्ग सुधारको लागि बन्द गरिएको जुफाल बिमानस्थल ४५ दिनमा काम सम्पन्न गरेर जहाज उडानको लागि तयार भएको नागरिक उड्यन प्राधिकरणले जनाएको छ । पहिले कालोपत्रे मात्रै गरिएको धावनमार्गमा यस पटक भने १ सय ८० मिटर आरसिसि ढलान गरेर मर्मत सुधार गरिएको छ ।

तस्विर :मनराम ठकुल्ला

आजीवन मरिङ तामाङ जेबिले ६ करोड भ्याट सहित निर्माणको लागि जिम्मा पाएको थियो । २०८१ असार मसान्त सम्म निर्माण सम्पन्न गर्ने सम्झौता भएपनि यात्रु र बाह्यय पर्यटकको चापलाई मध्यनजर गर्दै निर्माणको काम तिव्र गरेको निर्माणको जिम्मा पाएका सुमन शाहीले बताए । शाहीले भने अझै अलिक पहिलेनै काम सम्पन्न हुनेथियो बिमानस्थल आउने सड्क पनि निर्माणको क्रममा रहेकोले सड्क अबरुद्ध हुदा केहिदिन रोकीएर निर्माणमा ढिलाई भएको हो ।

धावनमार्ग सुधारको कार्य सम्पन्न भएपछि नयाँ बर्षकै दिनमा उडानको लागि नागरिक उड्यन प्राधिकरणसँग पहल भैईरहेको प्रमुख जिल्ला अधिकारी तुलसिप्रसाद दाहालले जानकारी दिए । प्रजिअ दाहालका अनुसार बैशाख १ गते नै उडान गर्न पहल भएको छ प्राबिधिक हिसाबले १ गते उडान नभएपनि २ गतेबाट नियमित उडान हुनेमा बिश्वस्त रहेको बताए । धावनमार्ग सुधार भएको करिब साढे एक महिना भित्रै काम द्रुत गतिमा निर्माण कम्पनी र आयोजना प्रमुख समेत लागि परेकोले धावनमार्गको सुधार कार्या समयमा सम्पन्न भएको हुदा सबै सहयोगको पात्र रहेको प्रजिअ दाहालको भनाई छ ।

तस्विर : मनराम ठकुल्ला

सड्कले जोडिएको भएपनि डोल्पाको लागि भने भर्पर्दो माध्याम भनेको हवाई माध्याम नै रहेको हुदा धावनमार्ग सुधारको काम द्रुत रुपमा गरेर सम्पन्न गरिएको हो । नेपाल यएरलाईन्स र निजि बिमान कम्नपनीहरु समिट ताराले अब भने नियमित उडान भर्न सक्नेछन ।