चैत्र,
डोल्पा : बिहिबार आगलागिमा परेका बालकको उपचारको लागि काठमाण्डौ लगिएको छ । आगलागीबाट घाइते २ जनाकाे बालककाे सेनाकाे हेलिकप्टरद्वारा उद्वार डाेल्पा। डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिका वडा नं. ४ मा पर्ने सुँ सामुदायिक वनमा बिहिवार भएकाे आगलागीबाट घाइते २ जना बालकलाई नेपाली सेनाकाे हेलिकप्टरबाट थप उपचारको लागि काठमाडौं पठाईएकाे छ। त्रिपुरा सुन्दरी नगरपालिका कर्णाली प्रदेश सरकार जिल्ला प्रशासन कार्यालय डोल्पाको अथक प्रयासपछि शुक्रबार बिहान सेनाको हेलीकप्टरबाट थप उपचारको लागि काठमाण्डौ लगिएको हो ।
बिहिवार साझ देखि जिल्ला अस्पताल दुनैमा उपचाररत बर्ष १२ का बिवश बुढा र बर्ष १३ का समन्त बुढा लाई थप उपचारको लागि काठमाडौं पठाईएकाे डाेल्पाका प्रमुख जिल्ला अधिकारी तुलसी प्रसाद दाहालले बताए ।प्रजिअ दाहालका अनुसार उनिहरुकाे थप उपचारको लागि काठमाडौंका विभिन्न निकायमा समन्वय भैरहेको बताए । गुच्छी च्याउ टिप्न सामुदायिक वनमा गएकाे समयमा ३ जना बालक आगाेमा जलेका थिए । तीन जना मध्य घाईते भएका बर्ष १० का सुलश बुढा काे उपचारको क्रममा शुक्रबार बिहाना जिल्ला अस्पताल दुनैमा निधन भएकाे छ। यस्तै केही दिन अघि डाेल्पामै आगाे निभाउने क्रममा नेपाली सेनाका ३ जनाकाे ज्यान गएकाे थियाे।