आगलागीमा परेर ३ वालवालिका गम्भिर घाईते

जैतुन अनलाइन | 2024-04-11

चैत्र २९,

डोल्पा  : आगलागीमा परेर ३ बालवालिका गम्भिर घाइते भएकाछन । त्रिपुरा सुन्दरी नगरपालिका-४ का ३ जना वालवालिका आगलागिमा परेर घाईते हुदा जिल्ला अस्पताल डोल्पामा उपचार भईरहेको छ । बिहिबार त्रिपुरा सुन्दरी नगरपालिका ४ रंङ्गको सुँ सामुदायिक बनमा गुच्छीच्याउ टिपन्न गएका ३ जना बालवालिका आगलागिमा परेर गम्भिर घाइते भएका हुन । आगलागिमा घाईते हुनेमा बर्ष १३ को सुम्नत बुढा,बर्ष १० को बिवश बुढा र बर्ष ८ को सुलस बुढा रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ ।

घाईते बालवालिकाको जिल्ला अस्पताल डोल्पामा उपचार भईरहेको  प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिए । प्रजिअ दाहालका अनुसार बिहिबार दिउसो २ बजेतिर आगलागिमा परेका बालवालिकाको उद्धार पछि जिल्ला अस्पतालमा ल्याइएको हो । जिल्लामा हुन सक्ने उपचार भई रहेको र तत्काल थप उपचारको लागि आफुले हेलिकप्टरबाट लैजान सकेजति सबै पहल गर्दापनि अत्याधिक हावाहुरीको कारण हेलीकप्टरबाट उद्धार हुन नसकेको बताए । प्रजिअ दाहालले भने भोलि बिहान सम्म भएपनि हामी हेलीकप्टरबाट थप उपचारको लागि लैजाने तयारीमा छौ ।

आगलागिमा एकै घरका दुई बालवालिका परेका छन भने आगोले वालवालिका करिव ९० प्रतिशत जलेको र जिल्लामा हुन सक्ने जतिको उपचारमा सबै चिकित्सक खटि रहेको जिल्ला अस्पताल डोल्पाका प्रमुख डाक्टर अखण्ड उपाध्यायले जानकारी दिए । डाक्टर उपाध्यायले भने हामीले सकेको उपचार गर्छौ बाँकी भगवानको हातमा छ । एक सातामै डोल्पामा आगलागीमा परेका दुई घटाना भएकाछन भने हाल सम्म ३ जनाले ज्यान गुमाएका छन भने ४ जना उपचारार्थ रहेका छन ।