काईके गाउँपालिकामा ११ जना स्थायी शिक्षकको पदस्थापन ।

जैतुन अनलाइन | 2024-04-10

चैत्र २८,

काईके : काईके गाउँपालिकाले एकैपटक ११ जना स्थायी शिक्षकको पदस्थापन गरेको छ । हाल सम्म रहेका रिक्त दरवन्दी र करार सेवामा रहेका करार शिक्षकलाई करार सेवा रद्ध गरि ११ जना स्थायी शिक्षकलाई पदस्थापन गरेको हो । प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको कर्णाली प्रदेश डोल्पा जिल्ला अन्तर्गत काईके गाउँपालिकामा शिक्षक सेवा आयोगबाट सिफारिस भई आएका नयाँ शिक्षकको नियुक्ति सहित पदस्थापना भएको काईके गाउँपालिका शिक्षा शाखा प्रमुख गोबिन्द घर्तिले जानकारी दिए ।

बुधबार काईके गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत सम्झना पराजुलीले पदस्थापनाको पत्र सहित राईका अविर लगाएर काईके गाउँपालिकाका बिभिन्न बिद्यालयमा अध्यापनको लागि स्वागत गरिन । प्रमुख प्रशासकिय अधिकृत पराजुलीले भनिन काईकेमा अरुले सुनाएको जस्तो काम गर्न पढाउन कुनै कठिन छैन ढुक्कसँग गएर अध्यापन गराउनु । भौगोलिक रुपमा पनि सदरमुकामबाट धेरै कठिन नरहेको र जनप्रतिनिधि सहित स्थानीयले अध्यापनका सहजीकरण गरिदिने भएकाले निर्धक्क आफ्नो पेशामा कट्टिबद्ध हुन नवनियुक्त शिक्षक शिक्षीकाहरुलाई भरोसा प्रदान समेत गरिन ।

शिक्षक सेवा आयोगबाट सिफारिस भएका शिक्षक शिक्षीकाहरुमा काईकेमा ४ जना मिहला र ७ जना पुरुष गरि ११ जनाले नयाँ नियुक्ति लिएर गाउँपालिकाका बिभिन्न बिद्यालयमा पदस्थापना भएका हुन । काईकेमा हाल सम्मको शिक्षाको अबस्था मध्यम छ तर नया सिफारिस भएका शिक्षकहरुबाट भने गाउँपालिकाले धेरै ठुलो अपेक्षा राखेको काईके गाउँपालका अध्यक्ष अंगद कुमार रानाले बताए । अध्यक्ष रानाले भने क्षमतवान असल दक्ष भएकै कारण शिक्षक सेवा आयोगबाट सिफारिस भएर आएको हुदा नवनियुक्त शिक्षक शिक्षीकाहरुले शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तन भने ल्याउनै पर्छ त्यसका लागि गाउँपालिकाले सके सम्मको सबै सहयोग गर्नेछ ।

यस भन्दा पहिला रिक्त रहेका पदमा करार सेवामा रहेका सबैलाई एकैपट सार्वजानीक सूचना जारी गरि करार सेवा रद्ध गरेको काईके गाउँपालिकाले बुधबारबाट सबै दर्वन्दीमा स्थायी शिक्षक पदस्थापन गरेको छ । काईके गाउँपालिकामा सिफारिस भएर आउने दुइजना भने श्रीमान श्रीमती रहेका छन दुबैजनाले यसैपालि नाम निकालेर आएको हुदा गाउँपालिकाले समेत एकै बिद्यालयमा पदस्थापन गरिदिएको छ । उनिहरु यतिबेला शिक्षक सेवा आयोगबाट सँगै नाम निकालेर आउने भाइरल जोडिका रुपमा परिचित छन । सुदुरपश्चिमको अन्तिम जिल्लाबाट समेत डोल्पाको काईके गाउँपालिकामा अध्यापनका लागि आएकाछन ।