चैत्र २७,
दुनै : सोमबार बिहान आगलागीमा परेर गम्भिर भएका नेपाली सेनाका ३ जवानको मृत्यू भएको छ । देबिदत्त गुल्मका आगोले जलेर घाईते भएका बिरामीकाे थप उपचारका लागि काठमाडौं पछि उपचारका क्रममा सैनिकको पनि मृत्यु भएको हो। डोल्पाबाट सोमबार हेलिकप्टरमा काठमाडौं लगिएका दुई सैनिकको उपचारको क्रममा कीर्तिपुर अस्पतालमा मंगलबार मृत्यु भएको हो। एक जनाको उपचारको क्रममा जिल्ला अस्पताल डोल्पामा सोमबार राति नै मृत्यु भएको थियो ।
डोल्पास्थित मष्टाभवानी सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा सोमबार चार सैनिक घाइते भएका थिए। ज्यान गुमाउनेमा जवान २३ वर्षीय आशिष बुढा र काभ्रे घर भएका जमदार ३८ वर्षीय केशरबहादुर जर्गा मगर छन्। शरीरको ७० देखि ९० प्रतिशतसम्म जलेको र उपचार गर्दागर्दै मृत्यु भएको अस्पतालले जनाएको छ। सोमबार डोल्पामा उपचार सम्भव नभएपछि दुवैजनालाई नेपाली सेनाको हेलिकोप्टरले नेपालगन्ज हुँदै काठमाडौं ल्याएको थियो।
सामुदायिक वनमा आईतबारदेखी लागेको डढेलो अझैपनि लागि रहेको छ। वनमा लागेको डढेलो नियन्त्रण गर्न नेपाली सेनाका दुईवटा गुल्म, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयको टोली खटिए पनि नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ। सदरमुकाम सुरक्षार्थ रहेको देबिदत्त गुल्मको वरिपरिको फोहोर जलाउने क्रममा ब्यारेकबाट लागेको आगो अत्याधिक हावाहुरीको कारणा अनियन्त्रित भएपछि सामुदायिक बनमा आगो लागेको थियो । प्रत्यक्षदर्शि स्थानीय भन्छन नेपाली सेनाले गलत गरेकै हो त्यसैले बन जलेर खरानी मात्रै भएन मानवीय क्षति समेत ब्यहोर्न पर्यो ।