शिक्षा अभिवृद्धिका लागि स्टिम म्यानुअल

जैतुन अनलाइन | 2024-04-05

चैत्र २३,

डोल्पा : युरोपियन युनियनको आर्थिक सहयोगमा प्लान इन्टरनेशनल नेपाल र समाज जागरण केन्द्र (स्याक) नेपालको साझेदारीमा डोल्पा जिल्लाका ६ वटा पालिकाको ५० बिधालयमा सञ्चालित कर्णालीका सिमान्तकृत बालबालिकाहरुका लागि प्रतिभा, समता र आकांक्षा प्रवद्र्धन कार्यक्रम कार्यान्वयनमा रहेको छ । परियोजनाको मुख्य उदेश्य बालिका, अपाङ्गता भएका तथा सिमान्तकृत वालवालिकाहरु प्रति उत्तरदायी र जवाफदेही शैक्षिक प्रणाली स्थापना गरी बालमैत्री र सुरक्षित वातावरणमा समावेशी गुणस्तरीय र जीवन पर्यन्त उपयोगी सिकाई अवसर सुनिश्चित गर्ने रहेको छ ।

विद्यमान शिक्षण अभ्यासहरू, पाठ्यक्रमहरू र शिक्षण विषयवस्तुहरूलाई स्टिम शिक्षासँग जोड्न शिक्षकहरूको बुझाइ र शिक्षण सीपहरू विकास गर्नका लागि गणित, इन्जिनियरिङ र रसायन विज्ञान बिषयका स्टीम म्यानुअल तथा उक्त बिषयहरुलाई सहजिकरण गर्न स्टीम स्टीम तालिम पुस्तिकाको विकास र वितरण गरिएको छ । यी स्टिम म्यानुअलहरुले स्टिम शिक्षालाई कार्यान्वयन तहमा अगाडि बढाउन शिक्षकहरूको क्षमता विकास गर्न र सहायत प्रदान गर्न तयारी पारी कार्य क्षेत्रका ५० वटा बिद्यालयहरुमा वितरण गरिएको छ ।

विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणितको प्रयोगबाट विद्यार्थीहरूमा सोधपुछ, संवाद, सृजनशिलता, रचनात्मकता सोच र नविनतम प्रविधिको विकास गरी स्टिम शिक्षाको माध्यमबाट गुणस्तरीय शिक्षामा जोड दिने अभिप्रायले कार्यान्वयनमा रहेको स्टिम शिक्षालाई मद्धत गर्न विभिन्न विषयका स्टिम म्यानुअल र स्टिम तालिम पुस्तिका तयार गरी ५० वटा बिद्यालयमा वितरण गरिएको र यसले बिद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणितको प्रयोगबाट विद्यार्थीहरूमा सोधपुछ, संवाद, सृजनशिलता, रचनात्मकता सोच र नविनतम प्रविधिको विकासमा सहायत पुग्ने अपेक्षा गरिएको समाज जागरण केन्द्र डोल्पाका पिल्ड अफिसर मुक्ति धरलाले बताउने भएको छ ।

जुलाई २०२० देखि, प्लान इन्टरनेशनल नेपालले विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणितको प्रयोगबाट विद्यार्थीहरूमा सोधपुछ, संवाद, सृजनशिलता, रचनात्मकता सोच र नविनतम प्रविधिको विकास गरी स्टिम शिक्षाको माध्यमबाट गुणस्तरीय शिक्षामा जोड दिने कार्य प्लान इन्टरनेशनल नेपालको सहयोगमा भउको छ र डोल्पा जिल्लामा पनि युरोपियन यूनियनको आर्थिक सहयोग तथा प्लान इन्टरनेशनल नेपाल र समा जागरण केन्द्रको साmभेदारीमा स्टिम शिक्षा प्रवद्र्धनका लागि सन २०२१ देखि कार्यहरु भैरहेका छन् ।

विशेषतः यो तालिम पुस्तिका पाइलोटिङ्ग गरिरहेका विद्यालयहरूको सिकाइ अन्य विद्यालयहरूमा स्टिम शिक्षा कार्यान्वयन गर्न शिक्षकहरूका लागि तयार गरिएको हो । नेपाल सरकारले राष्ट्रिय शिक्षा नीति २०७६ मार्फत स्टिम शिक्षालाई एउटा प्राथमिकताको क्षेत्र पहिचान गरेकोछ । स्थानीय सरकारहरूले पनि स्टिम शिक्षा प्रवद्र्धनका क्रियाकलापहरू आफ्ना योजनामा समावेश गरेका छन् । यद्यपिस्टिम शिक्षा बिल्कुल नयाँ धारणा भएकाले उनीहरूले यो पद्धति विकासका लागि चाहिने ज्ञान र सिप अभिवृद्धिको लागि अवसर प्राप्त गरेका छैनन् । शिक्षकहरूको लागि स्टिम शिक्षा तालिम पुस्तिका सरकारको स्टिम शिक्षाका लागि गरेका प्रयासहरूलाई व्यवहारमा लागू गर्ने आधार हुन्छ ।

प्लान र यसको साझेदार संस्थाका कर्मचारीहरू र स्थानीय तहका सरकारी प्रतिनिधिहरूले सामान्य शिक्षण सिकाइ गतिविधिहरूमा एकीकृत गरेर स्टिमको उचित अवधारणा प्राप्त गर्नेछन् । यस तालिम पुस्तिकाले विद्यमान शिक्षा योजनामा भएको स्टिम सिकाउने दृष्टिकोणमा निर्माण गर्न मद्दत गर्नेछ । यो पुस्तिका सरकारद्वारा विकास गरिएका नीति, योजना र पाठ्यक्रम अनुसार स्टिम लाई समग्र रूपमा लागू गर्न सहयोगि हुनेछ । स्पष्ठ विधि र विषयवस्तु सहितको सामग्री र विषयवस्तुको गहिराइलाई हेर्दा यस्तो देखिन्छ । यस तालिम पुस्तिकाका प्रयोगकर्ताहरूले स्थानीय परिवेशमा आधारित सहभागीहरूको स्तर अनुसार विधिहरू परिमार्जन समेत गर्न सक्छन् ।