चैत्र २३
लेख बुढा,
डाेल्पा : बि.सं. २०४० सालमा स्थापना भएकाे शे.फाेक्सुण्डाे राष्ट्रिय निकुञ्जकाे क्षेत्रमा मात्र बिश्वमै दुर्लभ मानिने वन्यजन्तु हिउँ चितुवाकाे संख्या ९० पुगेकाे छ। डब्लुडब्लु एफ नेपाल र शे-फाेक्सुण्डाे राष्ट्रिय निकुञ्जकाे सहकार्यमा जडान गरेकाे क्यामेरा ट्यापिङकाे रिपोर्ट अनुसार निकुञ्ज क्षेत्रमा मात्र ९० वटा हिउँ चुतुवा अर्थात हिमाली बाघ रहेकाे डब्लु डब्लु एफ नेपाल डाेल्पाका कार्यक्रम अधिकृत चन्द्र जंङ्ग हमालले बताए ।
हिउँ चितुवा गणनाकाे लागि शे-फाेक्सुण्डाे राष्ट्रिय निकुञ्ज एरिया ३ सय ९२ क्यामेरा ट्यापिङ जडान गरिएको थियाे । डेढ महिनामा निकुल्नु पर्ने क्यामेरा हिमपातकाे कारण ५ महिना पछि निकालिएको थियाे ।
नेपालमा ५ सय हाराहारीमा हिउँ चितुवा रहेकाे उल्लेख छ । नेपालका ७७ जिल्ला मध्य सबैभन्दा बढी डाेल्पामा मात्र एक सय भन्दा बढी हिउँ चितुवा रहेकाे अध्ययनले देखाएकाे छ। निकुञ्ज क्षेत्रमा ९० वटा हिउँ चितुवा र निकुञ्ज बाहिरका सामुदायिक वन क्षेत्रमा केही संख्यामा हिउँ चितुवा रहेका बताईएकाे छ। डाेल्पाका सामुदायिक क्षेत्रमा पनि सिसि क्यामेरा मार्फत हिउँ चितुवा संख्या गणना भैसकेको छ । कति संख्या छ भन्ने विवरण यहीँ आउदाे बैशाख १ गते सार्वजनिक गरिदै छ।