चैत्र २२,
मुड्केचुला: डोल्पाको मुड्केचुला गाउपालिकाको मालुवाकुना मा आगलागी भएको छ । आगलागी हुदा मुड्केचुला वडा नम्बर ३ भित्र पर्ने मालुवाकुनामा रहेको एक तले ५ कोठे घर सामन जलेर ३ लाख भन्दा बढीको भौतिक सामाग्री जलेर नष्ट भएको इलाका प्रहरी कार्यलय कालिकाले खबर गरेको जिल्ला प्रहरी प्रमुख डियसपि हरिकृष्ण केसिले बताउनु भयो । डियसपि केसिका अनुसार भौतिक क्षति मात्र भएको तर मानबिय क्षति भने कुनै नभएको बताए । बुधबार बेल्का पखको समयमा तेहि बाटो बाट गाउपालिका फर्कदै गरेका मुड्केचुला गाउपालिका प्रमुख प्रशासकीय अधिकृत श्री रेशम महताराले लगाएतको ३ जना जल्दै गरेको घर देखेपछि तत्काल सर समान उद्दार गर्दै प्रहरी र स्थानीयलाई खबर गरेका हुन ।
अधिकृत महतारा भन्नू हुन्छ एउटा दु:खद दुर्घटनाको साक्षी बन्नु पर्यो । महतारा केही दिन कार्यालय बाहिरको बसाई पश्चात् दुइजना सहयोगी कर्मचारीको साथमा गाउँपालिका फर्किदै थिए । मुड्केचुला गाउँपालिका वडा नं ३ अन्तर्गत ठुलो पहाडको मुनि एकान्तमा रहेको एउटा घरमा आगजनी भइरहेको थियो । आगोले घरभित्र आंशिक क्षति गरिसकेको थियो । मैले तत्काल गाउँपालिका अध्यक्ष,प्रहरी चौकी,इल र प्रहरी चौकी,कालिका फोन सम्पर्क गरि उद्दारको लागि जानकारी गराए । म सहित दुईजना सहयोगी कर्मचारीको भूमिकाका घर भित्र भएका केही सामाग्रीहरु(नागरिक्ता , प्रमाणपत्र,खाताहरु लगायत जिन्सी-फर्निचर) सकुशल झिक्न सफल भयौं ।
केही समय पश्चात् प्रहरी सम्बन्धित घरधनि र समुदायको उपस्थितिमा आगो नियन्त्रण गरिए पनि घर र केहि सामनहरु जलेर नष्ट भएको प्रत्येक्ष दर्सी महतारा थप्नु हुन्छ आफ्नै अगाडी भएको आगजनीमा केही उद्दारको प्रयास गर्न सकिएतापनी दुर्गम भूगोल, यातायात तथा दमकलको पहुँच नहुनु, उद्दारजन्य स्रोत साधनको अभाव हुनु, छिटो-छरितो संचारको अभावले सामान्य क्षति पनि भयानक हुन पुग्यो । यसरी कसैको घर, सपना, सम्पत्ति र संसार जलेको देख्दा मनभित्र पिडाबोध भएको बताए । महतारा सङ्गै रहेका कर्मचारी तारक शाही र हरि रावलले कठिन परिस्थितिमा पनि आफ्नो ज्यानको मतलब नगरी घरभित्रको सामाग्रीहरु सकुशल बचाएका हुन ।
तस्वीर : रेशम महतारा