त्रिपूरासुन्दरी नगरपालिकामा सासू बुहारी अन्तरक्रिया कार्यक्रम

जैतुन अनलाइन | 2024-04-03

चैत  २१, 

त्रीपुराकोट : डोल्पाको त्रिपुरासुन्दरी नगर पालिकाले एक दिने सासू बुहारी अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । सुस्वा कार्यक्रमको आर्थिक सहयोग र सहजीकरणमा त्रिपुरासुन्दरी नगरपालिका भित्रका ११ वडाका एक सासू र एक बुहारी गरि २२ जना सासू बुहारिलाई तालीम दिईएको सुस्वा कार्यक्रम संयोजक श्री धन प्रशाद बुढाले बताए ।

सासू बुहारी अन्तरक्रिया कार्यक्रमको मुख्य उदेश्य हाम्रो गाउँघर समाज र छरछिमेकमा भईरहेको सासू बुहारी बिचको कलह , अन्तर द्वन्द र विभिन्न समस्याहरुलाई पहिचान गरि समाधान गर्न र सुमधुर सम्बन्ध राखि घर , गाउँ र समाजमा सासू बुहारिको राम्रो सम्बन्ध कायम गरि सकारात्मक कार्यको थालनी गर्नको लागि कार्यक्रम गरिएको संयोजक बुढाले जानकारी दिएर प्रष्ट पारेका थिए । अन्तरकृया कार्यक्रम मा सहभागी महिलाहरुले आजकै मिति देखि जाने बुझेका सबै कुराहरु आफू मात्र नभई आ आफ्नो गाउँघर ,टोल र समुदायमा सम्जाइ बुझाई गर्ने भएका छन ।

कार्यक्रम थप सहाजिकरणको लागि यस त्रिपूरा सुन्दरी नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत श्री जगदिस चन्द्र नेपाली , नेपाल पत्रकार महासङ्ग डोल्पाका अध्यक्ष श्री सरोज थापा , महिला प्रतिनिधिहरु लगाएतले सहजीकरण गरेका थिए ।